2026-10-21 06:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिँंदा ६ प्रहरी घाइते

असार ४, चितवन (रासस)  । नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिंँदा प्रहरी उपरीक्षकसहित ६ प्रहरी घाइते भएका छन् ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ६०११ नम्बरको मालवाहक ट्रकले विपरीत दिशाबाट आउँदै गरेको जिल्ला प्रहरी कार्यालयको बा २ झ ३४७२ नम्बरको जीपलाई ठक्कर दिँंदा आज साँझ ५ः३० बजे उक्त दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार घाइते प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीको टाउको, मुख र हातमा चोट लागेको छ ।

पाँच  प्रहरीको समेत टाउको, हातलगायत अंगमा सामान्य चोट लागेको उहाँले जानकारी दिनुभयो । घाइते सबैको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने नारायणगढ–मुग्लिन सडकको भासिएको सडक र मुग्लिनको आर्च पुल अनुगमन गरेर फर्किने क्रममा भरतपुर महानगरपालिका वडा नं २९ गाईघाटमा दुर्घटना भएको बताउनुभयो ।

अनुगमनका क्रममा फरक गाडीमा डिभिजन सडक कार्यालयका प्रमुख र इञ्जिनीयरसमेत रहनुभएको थियो । लामिछानेले भन्नुभयो, “मेरो अगाडि एसपी सापको गाडी थियो, अकस्मात् ट्रकले ठक्कर दियो ।”

 प्रहरी उपरीक्षकसहितको प्रहरीको अवस्था खतरामुक्त रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उहाँहरुको अवस्था खतरामुक्त छ, अब डिस्चार्ज गरेर फर्किँदै छौंँ ।” गाडीको अगाडिको भाग भने पूर्ण क्षतिग्रस्त भएको लामिछानेको भनाइ छ । ठक्कर दिने ट्रक र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ