२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

वाग्मती प्रदेश : अर्थसम्बन्धी विधेयक पारित

२०७८, २८ असार सोमबार ०६:२६

असार २८, मकवानपुर (रासस)। वाग्मती प्रदेशसभाको आज बिहान बसेको बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ लाई बहुमतले पारित गरेको छ ।

बैठकमा उक्त विधेयक पारित गरियोस् भनी आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रस्ताव टेबुल गर्नुभएको थियो । उक्त विधेयकमाथि सामान्य छलफल भई उठेका जिज्ञासामा मन्त्री ढुङ्गेलले सरकारले प्रस्तुत गरेको विधेयकमा करको दायरा बढ्दा पहुँचमा नरहेका सर्वसाधारण, निजी व्यवसायी र उद्यमीले कुनै कठिनाइ भोग्न नपर्ने तथा सरकारको कर राजस्व असुलीमा तीव्रता ल्याइने धारणा व्यक्त गर्नुभयो । 

उहाँले प्रदेश सरकारले जनताको बृहत् हितका लागि चालिने कदम र राष्ट्रिय गौरवका आयोजनाको विनियोजित बजेट बाँडफाँट गरिँदा सत्ता र प्रतिपक्षी भनेर कसैलाई पनि उपेक्षा नगरी समान व्यवहारका साथ कार्यान्वयन गर्दै लैजाने दृढता व्यक्त गर्नुभयो ।

बैठकमा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री सरेश नेपालले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव टेबुल गर्नुभएको थियो । ती दुवै प्रस्तावलाई बैठकले सम्बन्धित समितिमा पठाउन भनी स्वीकृति प्रदान गरेको छ । 

यसैगरी सो बैठकमा उद्योग पर्यटन वन तथा वातावरण समितिका सभापति रमा आलेमगरले सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन प्रतिवेदन २०७८ पनि आजै पेश गर्नुभयो । 

उक्त बैठकमा अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ माथि प्रदेशसभाका सदस्यले छलफलमा सहभागी हुँदै सरकारले प्रस्ताव गरिएको कर राजस्व असुली सम्बन्धमा सर्वसाधारण, उद्यमी र निजी व्यवसायीलाई आर्थिक बोझ नपर्ने गरी सन्तुलित ढङ्गबाट दायरा बढाउन आग्रह गर्नुभयो ।

उहाँहरुले सरकारले प्रतिपक्ष र अर्थ विज्ञसँग बसेर विचारविमर्श गरेर मात्र राजस्वको दायरा बढाउन उपयुक्त हुने, कोभिड सङ्क्रमणका कारणबाट दैनिक ज्याला मजदूरी गर्ने विभिन्न व्यवसायमा संलग्न व्यक्तिलाई रोगजारीका अवसरबाट बञ्चित रहनुपरेका अवस्थामा उनीहरुबाट कर असुलीको दायरा बढाउँदा मानवीय संवेदनशीलता हुनुपर्ने सुझाव प्रस्तुत गर्नुभयो ।

प्रतिपक्ष दलका नेताले प्रदेशसभाका सभामुखलाई बैठक कक्षमा विद्युत् र अन्य उपकरण अवरुद्ध हुन पुग्दा आइतबार साँझको बैठकलाई आज बिहान सार्न आग्रह गर्दागर्दै पनि सत्तारुढ दलको एकपक्षीय आग्रहबाट प्रमुख प्रतिपक्षी अनुपस्थित रहेका अवस्थामा नै बजेट पारित हुनु संसदीय व्यवस्थामाथि नै सरकारले आघात पुर्याएको आरोप लगाउनुभयो । 

उक्त बैठकमा प्रदेशसभाका सदस्य क्रमशः राधा घले, विशाल खड्का, विजया केसी श्रेष्ठ, नारायणबहादुर सिलवाल, सृजना सैँजु, रमेश पौड्याल, नरोत्तम वैध, रत्नप्रसाद ढकाल, गीता वाग्ले र दिपक निरौला छलफलमा सहभागी हुनुहुन्थ्यो । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको चालु बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गर्नुभएको थियो । 

प्रदेशसभामा अहिले सत्तारुढ नेकपा (एमाले), प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, विवेकशील साझा, नेपाल मजदूर किसान पार्टी, राप्रपा र एक स्वतन्त्र गरी कूल १०९ सदस्य रहनुभएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह