२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नागरिक उड्डयन प्राधिकरणले माग्यो १६४ जना कर्मचारी, (विज्ञापन सहित)

३१ असार २०७८, बिहीबार ०७:४७

असार ३१, काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणमा १६४ जनाको लागि रोजगारीको अवसर खुलेको छ । प्राधिकरणले खुला तथा समावेशी विधिबाट स्थायी पदपूर्ति हुने गरी विभिन्न पदमा कुल १६४ जनाको लागि विज्ञापन गरी आवेदन माग गरेको हो ।

प्राधिकरणले आन्तरिक र खुला दुबै प्रतिस्पर्धाका लागि आवेदन माग गरेको हो । खुलातर्फ मात्र १६४ नयाँ भर्ना गर्न लागिएको हो । यसमध्ये सबैभन्दा धेरै वरिष्ठ अधिकृत पदमा ३४ जना कर्मचारी माग भएको छ ।यस समूहमा १९ खुला, ५ महिला, ४ आदिवासी जनजाति, ३ मधेसी, १ दलित, १ अपांग र १ पिछडिएको क्षेत्रका लागि आरक्षण गरिएको छ । प्राविधिक समूहको एर ट्राफिक सर्भिसेसतर्फ यी अधिकृतहरु मागिएको छ ।

एयर फायर सर्भिसेसमा समेत प्राधिकरणले १८ जनाको लागि विज्ञापन छ । चौथो तहका सहायक यो पदमा खुलाबाट १० र समावेशीबाट अन्य पदमा भर्ना गरिने छ । सिभिल र मेकानिकल इन्जिनियरिङतर्फ ३/३ जना वरिष्ठ अधिकृत, प्रशासन, कानून, पुस्तकालय, व्यापार प्रशासन, लेखा, राजस्व र सीएतर्फ समेत अधिकृत तहमा आवेदन माग गरएको छ ।

प्रशासनमा सबैभन्दा धेरै ७ अधिकृतको माग गरिएको छ । प्राधिकरणले खुला प्रतिस्पर्धामा कुल ३४ पदमा नयाँ भर्ना गर्न लागेको हो । आन्तरिक प्रतिस्पर्धाबाट भने विभिन्न २७ पदमा पदपूर्ति गर्न लागिएको छ । प्राधिकरणको यो प्रतियोगिताका लागि अनलाइनबाट समेत आवेदन दिन सकिने छ । प्राधिकरणको वेवसाइटमा राखिएको जब अप्लिकेशनमा गई आफुले दिन चाहेको पदमा आवेदन फारम भर्न सकिनेछ ।

प्राधिकरणकाअनुसार तह ४का लागि ४ सय र ९ तहका लागि ९ सय रुपैयाँ आवेदन शुल्क तोकिएको छ । दरखास्त दिने मिति २० साउनसम्म तोकिएको छ । तोकिएको अन्तिम दिनपछिको सात दिन भने दोब्बर दस्तुर तिरेर फारम भर्न सकिने गरि अवधि राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ