साउन ८, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत कानून संकाय डीनको कार्यालयले एलएल.बी प्रथम बर्षमा नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा फारम भर्न पुन: आवेदन खुलाएको छ । डीनको कार्यालयले आज एक सूचना जारी गर्दै शैक्षिक सत्र २०७६।७७ को लागि वार्षिक प्रणालीमा स्नातक तह एलएल.बी प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाका लागि लिइने प्रवेश परीक्षामा सम्मलित हुन चाहनेहरुका लागि पुन:आवेदन खुलाएको हो ।

यसअघि पनि डीन कार्यालयले २०७८ साल बैशाख १४ गते मंगलवार देखि २०७८ साल जेष्ठ १३ गते बिहिबारसम्म आवेदन खुलाएको थियो तर कोभिड-१९ संक्रमण बधाई गएपछि निषेधाज्ञा लगाईएसंगै आवेदन बन्द गरिएको थियो ।

आवेदन फाराम वितरण र दर्ता साउन ८ अर्थात् आजदेखि पुन : सुचारु गरिएको डीन कार्यालयले जनाएको छ । कानून संकाय अन्तर्गत स्नातक तहको एलएल.बी पठन पाठन हुने क्याम्पस तथा कलेजहरुमा आवेदन फाराम उपलब्ध हुने तथा बुझाउन सकिनेछ ।

प्रवेश परीक्षा फारम तथा परीक्षा दस्तुर एक हजार दुई सय लाग्नेछ । भर्ना हुनका लागि न्यूनतम शैक्षिक योग्यता त्रि.वि. बाट मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह पास गरेको हुनुपर्नेछ ।

परीक्षा सम्बन्धि थप जानकारीको लागि डीन कार्यालयको सूचना पाटी वा वेभसाईट www.fol.edu.np मा पनि हेने सकिनेछ ।