2026-09-08 01:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

सबैलाई कोभिड खोप लगाइने

साउन १०, मकवानपुर (रासस)। वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले चालू आर्थिक वर्षको प्रथम चौमासिकभित्रै प्रदेशका १८ वर्ष माथिका सबै नागरिकलाई कोभिड खोप लगाउन पहल गरिने बताउनुभएको छ । यसका लागि सङ्घीय सरकारसँगको समन्वयमा अन्तर्राष्ट्रिय खोप बिक्रेता कम्पनीसँग सम्पर्क गरिरहेको आज रासससँगको संक्षिप्त कुराकानीमा उहाँले सो जानकारी दिनुभएको हो । 

लिच्छवि र मल्लकालीन  सम्पदा पुनःनिर्माणका लागि नेपाली मौलिकता र  सांस्कृति झल्किने गरी पुननिर्माण गर्न प्राविधिकलाई निर्देशन दिइसकिएको र चालू आवको दोस्रो चौमासिकभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो ।

चालू आर्थिक वर्षभित्रै थप कूल एक हजार ४८८ हेक्टर जमीनमा नयाँ सिँचाइ आयोजना निर्माण गरी पानी उपलब्ध गराउने लक्ष्यअनुरुप बजेट विनियोजन गरिसकिएको जानकारी दिँदै मन्त्री फुयाँलले  चितवनको नारायणीमा लिफ्ट सिँचाइ आयोजनाको पम्प हाउस ‘ए’ लाई  आधुनिकीकरण गर्न बजेट विनियोजन गरी काम थालिएको चर्चा  गर्नुभयो ।

प्रदेशको सबै जिल्लामा भौतिक पूर्वाधार निर्माणका लागि प्राविधिक क्षमता अभिवृद्धि गरिने, काठमाडौँको चन्द्रज्योति, फर्पिङ् र सुन्दरीजल जलविद्युत् गृह संरक्षण गरी नेपाल विद्युत प्राधिकरणसँगको समन्वयमा यस मन्त्रालयमा उच्चस्तरीय विज्ञहरुलाई अध्ययन, अनुसन्धानका लागि छुटृै महाशाखा स्थापना गरिने  र यस प्रदेशभित्र पूर्ण उज्यालो कार्यक्रमअन्तर्गत दोलखा, रसुवा र नुवाकोटमा वैकल्पिक ऊर्जा प्रविधि जडानका लागि काम भइरहेको पनि उहाँले जाकारी दिनुभयो । 

मन्त्री फुयाँलले चालू आर्थिक वर्षमा विभिन्न जिल्लामा पक्की पुल र सडक निर्माणका आयोजनास्थलको अनुगमन गरिएको र विद्युतीय बस खरीद गरी सञ्चालनमा ल्याउन अनतर्राष्ट्रियस्तरमा बोलपत्र आह्वान भई ३० वटा बस खरीदका बोलपत्र आह्वान गर्नाका साथै  विसं २०७९ जेठ मसान्तभित्र काठमाडौँलगायत विभिन्न स्थानमा बस सञ्चालनमा ल्याइने छ भन्नुभयो । 

हेटौँडा, भरतपुर, काठमाडौँ, बनेपा, त्रिशूली र सिन्धुलीमा विद्युतीय बसको चार्जिङ स्टेशन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण आगामी वैशाख महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी काम अघि बढेको,  त्रिभुवन राजपथ अन्तर्गत पर्ने हेटौँडा–वीरगञ्ज सडकखण्डको चुरीयामाईमा रहेको १०४ वर्ष पुरानो करीब २०० मिटर लामो सुरुङमार्ग पुनःसञ्चालनका लागि काम थालिएको र काठमाडौं उपत्यकाबाहेक १० जिल्लामा कृषि उत्पादन भण्डारण गर्न १० वटा वातावरणीय शीत भण्डार गृह निर्माणका साथै हेटौँडास्थित सिसौँंघारीमा धुलो दूध उत्पादनका लागि जोड दिइएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल