२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्र बैंकमा रोजगारीको अवसर, आठ कक्षा पासले पनि आवेदन दिन पाउने

११ श्रावण २०७८, सोमबार ०५:३९

साउन ११, काठमाडौँ । नेपाल राष्ट्र बैंकमा आठ कक्षा पास गरेकालाई रोजगारी खुलेको छ । देशको एकमात्र केन्द्रीय बैंकले विभिन्न पदका लागि ६३ जना कर्मचारी माग गरेको हो ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै सुरक्षा सहायक, रक्षक, सिपाही, सिपाही (महिला) र कार्यालय सहयोगी पदमा ६ महिना करार अवधिका लागि सो संख्यामा कर्मचारी माग गरेको हो । बैंकले बैंकले सुरक्षा सहायक पदका लागि १ जना र रक्षक पदका लागि ५ जना कर्मचारी माग गरेको छ । बैंकले माग गरेको उक्त दुई पदमा एसएलसी वा सो सरहको शैक्षिक योग्यता हासिल गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् ।

यसैगरी सिपाही पदका लागि २७ जना कर्मचारी माग गरेको छ । सिपाही (महिला) पदका लागि ५ जना कर्मचारी माग गरेको छ । २७ मध्ये ५ जना महिला सिपाहीको माग गरेको छ । जुन पदका लागि आठ कक्षा उत्तिर्ण गरेका व्यक्तिले नै आवेदन दिन सक्नेछन् ।यस्तै, बैंकले कार्यालय सहयोगी पदका लागि ३० जना कर्मचारी माग गरेको छ । उक्त पदका लागि पनि आठ कक्षा उत्तिर्ण गरेका व्यक्तिले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले माग गरेको उक्त पदमा ४५ वर्ष भन्दा कम उमेरका नेपाली नागरिकले रोजगारीका लागि आवेदन दिन सक्नेछन् ।  साउन २४ गतेभित्रमा इच्छुक आवेदकले आवेदन दिनसक्ने केन्द्रीय बैंकले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ