2026-07-25 06:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘डोको बुन्ने र बाख्रा पाल्नेका हातमा १० लाख दिन्छौँ’

साउन १५ , हेटौँडा (रासस) । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले अति निम्न किसानको हातमा रु १० लाख दिएर उद्यमी बनाउन सरकार प्रयासरत रहेको बताउनुभएको छ । 

मन्त्रालयले यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले उक्त लगानीले कोरानाका कारण गाउँ गएका र हातमा सीप भएका विपन्न वर्गको आर्थिकस्तर उकास्ने बताउनुभयो । यस्ता लगानी साना पौरखी हातका लागि भएकाले उहाँले उक्त रकम मान्द्रो, डोको, ठेकी बनाउनेलाई उद्यमी बनाउनेतर्फउन्मुख हुनेमा जोड दिनुभयो । 

ठूलो रकम ऋण लगानी गर्दा टाठाबाठाको हातमा मात्र पुग्ने र लक्षित वर्ग प्रभावित नहुने कारण सानो रकम लगानी गरिएको मन्त्री ढुङ्गेलको भनाइ छ । गाउँमा मौरीपालन, पशुपालन र दुग्ध उत्पादनबाट मनग्य आम्दानी गर्नका लागि किसानलाई उक्त लगानी लिन उहाँको अनुरोध छ । 

उक्त लगानी आव २०७७/७८ मा प्रदेश सरकारले साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमार्फत रु ६० करोड ५० लाख ७५ हजार छ । कृषि विकास बैंक लिबाट लगानी गरिएको रु ६० करोडमध्ये प्रदेशका ३५० कृषकले रु ५२ करोड ९३ लाख ६३ हजार रहेको मन्त्री ढुङ्गेलले बताउनुभयो । 

प्रदेशभित्र ६५ कृषि विकास बैंक लिमिटेडका शाखा कार्यालयमार्फत सो ऋण लगानी कार्यक्रम विस्तार तथा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका १८१ साना किसान कृषि सहकारीमार्फत ऋण लगानी कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । मन्त्री ढुङ्गेलले १३ वटै जिल्लामा अक्सिजन प्लान्ट, शीत भण्डारण, कभर्डहल, रङ्गशालालगायतका लागि बजेट विनियोजन गरिएको मन्त्री ढुङ्गेलले जनाउनुभयो । 

प्रदेशमा रु ६१ अर्ब राजस्व उठेको मन्त्रालयका सचिव दण्डुराज घिमिरेले बताउनुभयो । छुट र सुविधाका कारण लक्षित राजस्व उठाउन सफल भएको उहाँको भनाइ छ ।

आव २०७७/७८ मा रु ६१ अर्ब राजस्व उठेको उहाँले जनाउनुभयो । प्रदेशको बेरुजु हिसाबमा पेश्की रहेका कारण यसमा पनि सफल भएको सचिव घिमिरेको भनाइ छ । बेरुजु हिसाब रु ९८ करोड ८३ लाख रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय