2026-09-08 01:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

वाग्मती प्रदेशका ८ जिल्ला अस्पतालमा वृहत अक्सिजन प्लान्ट जडानको तयारी

साउन १८, मकवानपुर (रासस)। वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले कोभिड–१९ सङ्क्रमणको तेस्रो लहरको सम्भावित जोखिमलाई तत्काल न्यूनीकरण र उपचार सेवालाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेशका १३ जिल्ला अस्पतालमध्ये ८ वटाको अस्पताल परिसरमा वृहत अक्सिजन प्लान्ट जडान गर्ने कार्य अघि बढाइएको छ । 

यसअघि मकवानपुरको हेटौँडा, नुवाकोटको त्रिशूली, भक्तपुरको भक्तपुर अस्पताल र सिन्धुलीको सिन्धुलीमाडी अस्पतालमा प्रदेश सरकारले वृहत अक्सिजन प्लान्ट जडान गरिसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशको बाँकी ८ वटा जिल्ला अस्पताललाई वृहत अक्सिजन प्लान्ट जडान गर्न बोलपत्र आह्वान भई करीब रु पाँच करोड ५० लाख प्रदेश सरकारको लगानीमा मेसिन खरीद गरी ल्याउने काम भइरहेको र केही दिनभित्रै सबै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान हुने तयारी भइरहेको वाग्मती प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका प्रमुख डा वसन्त अधिकारीले राससलाई बताउनुभयो ।

प्रदेशको धादिङ, काभ्रे, रसुवा, रामेछाप, दोलखा, ललितपुर, काठमाडौँ र चितवन जिल्लाका सरकारी स्वामित्वमा रहेका अस्पतालमा कोभिड सङ्क्रमण रोगीका उपचार कार्यलाई सहजीकरण गर्न अक्सिजन प्लान्ट, पिसिआर प्रयोगशाला, सघन उपचार कक्ष र भेन्टिलेटर उपकरण उपलब्ध गराउन प्रदेश सरकारले बजेट विनियोजित गरी बोलपत्रको माध्यमबाट उपकरण जडान गर्ने कार्यको लागि आवश्यक तयारी भइसकेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तमराज सेढाइँले बताउनुभयो ।

उहाँले सङ्घीय तथा प्रदेश सरकारको मातहतमा रहेका सबै अस्पतालमा कोभिड महामारीको सङ्कट फैलन सक्ने सम्भाव्यतालाई अध्ययन गरी प्रत्येक अस्पतालमा अक्सिजन सिलिण्डरको जर्गेना गर्ने, आवश्यकीय दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी उपलब्ध गराइसकिएको तथा थप गर्नुपरेमा प्रदेश स्वास्थ्य निर्देशनालयको चिकित्सकको टोली अनुगमन गरी आएको सिफारिस अनुसार दरबन्दी उपलब्ध भएको पनि जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल