नारायण अधिकारी/साउन ३१, चितवन । अस्तव्यस्त बनेको यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा स्थानीय प्रशासनको हस्तक्षेप "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नारायण अधिकारी/साउन ३१, चितवन । अस्तव्यस्त बनेको यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा स्थानीय प्रशासनको हस्तक्षेप "/>
२०८३, १६ जेष्ठ शनिबार
काठमाडौँ - KTM

सुधार भइरहेछ बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

२०७३, ३१ श्रावण सोमबार ०५:५७

नारायण अधिकारी/साउन ३१, चितवन । अस्तव्यस्त बनेको यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा स्थानीय प्रशासनको हस्तक्षेप पछि विस्तारै सुधार हुँदै गएको छ । 

गत जेठ पहिलो साता अस्पतालमा विचौलिया नियन्त्रणबाट थालिएको सुधार अभियान दुई महिना कट्दा नकाट्दै यसको प्रभाव सकारात्मक देखिएको हो । 

अस्पतालमा बिरामी छिर्न नपाउँदै विचौलिया तान्न आइपुग्ने, अस्पतालको कार्यालय समयमा चिकित्सक र कर्मचारी नबस्ने, स्वयम् चिकित्सक कर्मचारी विचौलियासँग मिलेमतो गरी आफ्नो निजी अस्पताल, क्लिनिक, फार्मेसी, ल्याबमा बिरामीलाई जान दबाब दिने, अस्पतालका उपकरण बिगारेर निजीमा सिफारिस गरी रकम असुल्ने जस्ता गतिविधिका कारण अस्पताल अस्तव्यस्त भएको थियो । 

स्थानीय प्रशासनले बाहिरी विचौलियासँगै अस्पतालभित्रैका पाँच जना कर्मचारीलाई विचौलियाको काम गर्दागर्दै पक्राउ गरी मुद्दा चलाएको थियो । त्यस यता नियमित रुपमा स्थानीय प्रशासनले निगरानी गरिरहेको छ । 

अस्पतालका कार्यकारी निर्देशक डा चीनबहादुर पुन स्थानीय प्रशासनको सहयोगपछि अस्पतालमा धेरै सुधार आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “पहिले दैनिक बढीमा रु तीन लाख आम्दानी हुन्थ्यो, अहिले दैनिक रु छ लाख ७५ हजारसम्म आम्दानी पुगेको छ ।” एमआरआइ मेसिन बिग्रिएको छ, बनेपछि आम्दानी थप रु एक लाख बढ्ने पुनले बताउनुभयो । 

अस्पतालमा सुधार आएको भन्दै पुनले भन्नुभयो “पहिले डाक्टर, कर्मचारी खोज्दा पनि पाउन मुस्किल हुन्थ्यो, अहिले बिहान र बेलुका हाजिरको थम प्रिन्ट गर्न पूरै लाइन लाग्ने गर्दछ ।” 

अस्पतालमा सिटिस्क्यान र रेडियोथेरापी अतिरिक्त समयमा सञ्चालन गर्नसकेमा अस्पतालको आम्दानी बढ्ने र बिरामीले सुविधा पाउने देखिएको छ । अहिले दैनिक १५÷१६ वटा सिटिस्क्यान हुँदै आएको छ । 

अतिरिक्त सेवा दिँदा एकै दिनमा ५७ वटासम्म सिटिस्क्यान भएको अस्पतालले जनाएको छ । चिकित्सक र सहयोगीले अतिरिक्त भत्ता लिए पनि बिरामीले सेवा पाउने र अस्पतालको आम्दानी बढ्ने हुँदा सञ्चालक समितिबाट निर्णय गराएर पुनः अतिरिक्त सेवा दिने तयारी गरिएको उहाँले बताउनुभयो । 

छ महिनादेखि आमाको उपचार क्यान्सर अस्पतालमा गराइरहनु भएका स्याङ्जाका भुवन अर्यालले दुई महिनायता अस्पतालमा निकै परिवर्तन आएको बताउनुभयो । “अहिले विचौलिया छैनन्, हामीले दुःख पाएका छैनौँ,” उहाँले थप्नुभयो “विचौलिया नभएपछि सेवा पनि राम्रो हुँदो रहेछ ।” 

श्रीमती उपचारका लागि गुल्मीबाट आउनुभएका शान्तिमान सिंजालीले पहिलेभन्दा अस्पतालमा सुधार भएको भने पनि चिकित्सकको लापर्बाही भने अझै कायमै रहेको बताउनुभयो । उहाँले भन्नुभयो “अझै सुधारको खाँचो छ ।” 

चीन सरकारको सहयोगमा २०५६ सालमा स्थापना भएको क्यान्सर अस्पतालमा ५२ जना विशेषज्ञ चिकित्सक र २० जना मेडिकल अधिकृत छन् । उनीहरुसँगै चिनियाँ १५ जना विशेषज्ञ चिकित्सक बिरामी सेवामा जुटिरहेका छन् । 

डा पुनका अनुसार अस्पतालमा गत आवमा एक लाख १९ हजार बिरामीले बहिरङ्ग सेवा लिएका छन् । अस्पतालमा भर्ना भएर उपचार गर्नेको सङ्ख्या छ हजार ५०० छ । ती बिरामी नेपालसँगै भारत र भुटानका समेत रहेका छन् । भारतका धेरै बिरामी आउने गर्दछन् । गत आवमा मात्र ४७८ जना नयाँ क्यान्सरका बिरामी भारतबाटै आएको पुनले बताउनुभयो । 

अस्पतालमा अहिले १९४ श्यया सञ्चालनमा छ । थप २०० श्ययाका लागि भवन निर्माण कार्य भइरहेको छ । एसियामा नमुना अस्पताल बनाउने उद्देश्यका साथ यहाँ सञ्चालनमा रहेको क्यान्सर अस्पताल अस्तव्यस्त बनेपछि प्रशासन हस्तक्षेप गर्न बाध्य भएको थियो । 

प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह अहिले पनि अस्पताललाई निगरानीमै राखेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “अस्पतालमा अहिले पनि अनुसन्धानमा सक्रिय प्रहरी निगरानीमा छन् ।” स्थानीय प्रशासनले पछिल्लो समय विशेषज्ञ चिकित्सक र प्रशासनमा काम गर्नेको कमीकमजोरी खोजीरहेको छ । अस्पताल बिगार्न लाग्नेलाई नछाड्ने सिंहले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन