2026-06-26 02:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोबाइल हरायो ? यस्तो छ फेला पार्ने र फोनका डाटा मेट्ने तरिका

भदौ ८, काठमाडौं । आफ्नो फोन हराएको वा चोरिएको घटना हामीमध्ये धेरैले भोगेकै हुन्छौँं । कहिलेकाही घरमै कतै आफैं फोन राखिएको हुन्छ, तर खोजी गर्दा भेट्टाउनै गाह्रो पर्दछ । यस्तो अवस्थामा यदि तपाईंले उक्त स्मार्टफोनसँग paired गरेको स्मार्टवाचको Find My Phone फिचरबाट पनि फोन कतै लुकेको फोन फेला पार्न सक्नुहुन्छ । त्यस्तै यदि फोन साइलेन्समा छैन भने कसैलाई कल गर्न लगाएर रिङटोन बजेको आधारमा पनि घरभित्रको फोन फेला पार्न सकिन्छ ।

तर यदि तपाईंको फोन घरबाहिर हराएको हो भने फोन फेला पार्न अलिक अतिरिक्त मेहेनत गर्नुपर्ने हुन्छ । यद्यपि तपाईंले बाहिर कतै हराएको फोन कहाँ छ ? भन्ने कुरा घरबाटै पत्ता लगाउन सक्नुहुन्छ र फोनका सबै डाटा मेट्न पनि सक्नुहुन्छ ।

गुगलले एउटा सामान्य प्रक्रिया उपलब्ध गराएको छ जसबाट प्रयोगकर्ताले आफ्नो हराएको एन्ड्रोइड फोन भेट्टाउन, लक गर्न तथा सबै डाटा मेट्न सक्दछन् ।

Find My Phone फिचरबाट एन्ड्रोइड प्रयोगकर्ताले आफ्नो हराएको फोन कुन ठाउँमा छ भन्ने लोकेट गर्न, त्यसमा रिमोट्ली नयाँ पिन नम्बर, पासकोड वा प्याटर्न सेट गर्न तथा फोन चोर्ने वा फेला पार्नेहरुलाई आफुलाई फोन गरेर फोन फिर्ता दिनका लागि आग्रह सहितको सन्देश लेखेर उक्त हराएको फोनको स्त्रिmनमा प्रदर्शन गराउन पनि सकिन्छ ।

आफ्नो हराएको वा चोरिएको फोनका रहेका गोप्य तथा महत्वपूर्ण डाटाहरु अरुले प्राप्त गर्न नसकुन् भन्नका लागि फोनमा रहेका सबै डाटाहरु डिलिट गर्न तथा उक्त फोन यसको वास्तविक धनी बाहेक अरुका लागि कामै नलाग्ने पनि बनाउन सकिन्छ ।

हराएको फोनका डाटा मेट्न तथा फेान फेला पार्नका लागि :

आफ्नो हराएको फोन पत्ता लगाउन, लक गर्न तथा फोनमा रहेका डाटा मेट्नका लागि केही पूर्वशर्तहरु आवश्यक पर्दछन् ।

फोन स्विच अन गराइएको हुनु पर्दछ र प्रयोगकर्ताले फोनमा गुगल अकाउन्ट साइनइन गरेको हुनुपर्दछ । त्यस्तै फोनमा मोबाइल डाटा वा वाइफाइ चलेको हुनुपर्दछ, गुगल प्लेमा देखिएको हुनुपर्दछ, लोकेसन सेटिंग्स अन हुनुपर्दछ भने Find My Device सेटिंग्स पनि बन्द रहेको हुनुहुँदैन । यदि उल्लेखित सबै पूर्वशर्तहरु सहितको तपाइँको एन्ड्रोइड फोन हराएको हो भने फोन फेला पर्नका लागि निम्नानुसारको प्रक्रिया पूरा गर्नुहोस् :

कुनैपनि डिभाइसमा android.com/find लगइन गरी फोनमा पनि प्रयोग गरेको आफ्नो गुगल अकाउन्ट साइन इन गर्नुहोस् । साइन इन गरिसकेपछि तपाईंले आफ्नो फोनको विवरण बायाँ किनाराको माथिपटि्ट देख्नहुनेछ । यदि एउटै अकाउन्टबाट धेरै फोनमा लगइन गर्नुभएको हो भने त्यसमध्ये हराएको फोन छान्नुहोस् । त्यसमा फोनको ब्याट्रीलाइफ देखि कुन समयमा हराएको लगायतका सबै विवरण देखिन्छन् ।

गुगलले उक्त फोन अहिले कहाँ छ भन्ने अनुमानित स्थान गुगल म्यापमा देखाइदिन्छ । फोनको हालको लोकेसन पत्ता नलागे पनि अन्तिम पटक कुन लोकेसनमा थियो भन्ने चाहिँ देख्न सकिन्छ ।

यदि फोन भएको स्थान नजिकै देखाएको छ र तपाईं तत्कालै जान सक्नुहुनछ भने त्यहाँ गएर तपाईंले Play Sound अप्सनमा क्लिक गर्नुहोस् । त्यसो गर्दा तपाईंको हराएको फोनमा लगातार पाँच मिनेटसम्म रिङटोन बज्दछ, त्यसो गर्दा तपाईंले फोन फेला पार्न सक्नुहुन्छ । तपाईंको फोन साइलेन्समा भएको भएपनि यो फिचरले फोनमा रिङटोन बजाउन सकिन्छ ।

फोनको लोकेसन कुनै अज्ञात ठाउँको छ भने एन्ड्रोइडले नै प्रयोगकर्तालाई आफै फोन खोज्न जानुको साटो कानून कार्यान्वयन गर्ने निकायसँग सम्पर्क गर्नुहोस् भन्ने सूचना देखाउँदछ । जसले सिरियल नम्बर वा आईएमईआई नम्बर खोज्न सक्दछन् ।

यदि तपाईंले हराएको फोनको स्क्रिन लक गर्न चाहुनुहुन्छ भने माथि उल्लेखित एन्ड्रोइडको वेबसाइट भित्रै रहेको Secure Device अप्सन छान्नुहोस् । यसबाट तपाइँले फोन लक गर्न तथा गुगल साइन आउट गर्न सक्नुहुन्छ । साथै तपाईंले आफ्नो हराएको फोनको स्क्रिनमा मेसेज पठाउन पनि सक्नुहुन्छ, ता कि फोन चोर्ने वा फेला पार्नेले उक्त सन्देश पढेर तपाईंको फोन फिर्ता दिन सक्दछ ।

त्यस्तै तपाईंले फोनमा रहेका सबै डाटा डिलिट गर्नका लागि Erase Device अप्सन पनि छनोट गर्न सक्नुहुन्छ । यसो गर्दा तपाईंको हराएको फोनका सबै डाटा स्थायी रुपमै डिलिट हुन्छन् । त्यसपछि Find My Device फिचरले पनि काम गर्दैन । यदि तपाईंको फोनको स्वीच अफ गरिएको छ वा फोनमा डाटा वा वाइफाइ कनेक्ट छैन भने चाहिँ तपाईंले यसरी डाटा डिलिट गर्न सक्नुहुन्न । अनलाइनखबरबाट साभार 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ