२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सशस्त्र प्रहरीमा १ हजार ९५ जनालाई विभिन्न पदमा रोजगारीको अवसर

२०७८, १३ भाद्र आईतवार ०८:५२

भदौ १३, काठमाण्डौं । सशस्त्र प्रहरी बलले प्रहरी निरीक्षक (इन्स्पेक्टर) देखि परिचरसम्म विभिन्न पदमा नयाँ भर्ना आह्वान गरेको छ । शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै १ हजार ९५ जनालाई नयाँ भर्ना खुलाइएको हो । 

विज्ञापन अनुसार इन्स्पेक्टर पदमा खुला तथा समावेशी गरी ७५, प्रहरी सहायक निरीक्षकमा १३७, जवान पदमा ७५५ र परिचरमा १२८ जना पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ ।

सशस्त्र प्रहरी परिचरको भान्छेमा ८८ जना‚ केश कर्तकमा १४ जना‚ कुचिकारमा १३ जना‚ सूचीकारमा ७ जना‚ चर्मकर्मीमा ४ जना तथा मालीमा २ जनाको लागि दरखास्त आह्वान गरिएको हो।

उक्त पदहरूमा जागिर खान इच्छुक नेपाली नागरिकहरुले प्रधान कार्यालय हल्चोक स्वयम्भु तथा सशस्त्र प्रहरी बलका सातै प्रदेशमा रहेका विभिन्न कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । दरखास्त भदौ ११ गतदेखि असोज १० गतेसम्म भर्न सकिने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय