2026-09-19 02:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनसेलको ‘डेटा सधैं अन’ नयाँ अभियान सुरु

भदौ २२, काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै आज नयाँ अभियान ‘डेटा सधैं अन’ सुरु गरेको छ । यस अभियानले मोबाइल ब्रोडब्याण्ड सेवाबाट पाउन सकिने अवसरहरुबाट लाभ लिनका लागि एनसेल फोरजी नेटवर्कका साथ सधैं कनेक्टेड र अन रहन प्रोत्साहन गर्दछ । 

एनसेलले आफ्ना ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच पुर्याउँदै देशको दुई तिहाई भन्दा बढी जनसङ्ख्यामा फोरजी सेवाको विस्तार गरिसकेको छ । कोभिड–१९ को महामारीले निम्ताएको विषम परिस्थितिका बीच पनि एनसेलले फोरजी ब्रोडब्याण्ड सेवालाई देशको ५५० भन्दा बढी पालिकासम्म विस्तार गरिसकेको छ र बाँकी रहेका ठाउँमा पनि सेवा विस्तारको लागि कार्य निरन्तर गरिरहेको छ ।

उच्च गतिको इन्टरनेट तथा मोबाइल ब्रोडब्याण्ड फोरजी/एलटीई सेवाले नेपालको डिजिटललाइजेशन यात्रामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको कम्पनीको दाबी छ । देशको सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकासमा एक प्रमुख भुमिका निर्वाह गर्दै देशैभर उच्च गतिको इन्टरनेट सेवाको पहुँच सुनिश्चित गर्न र डिजिटल नेपाल निर्माणको राष्ट्रिय लक्ष्य प्राप्तिमा योगदान पुर्याउन एनसेलको प्रतिबद्धता छ । 

फोरजी सेवाको लाभ लिनका लागि ग्राहकले एनसेलको सिम सजिलै लिन सक्छन् । थ्रिजी सिम प्रयोग गरिरहेका ग्राहकले नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारिक स्टोरबाट निःशुल्क आफ्नो सिम फोरजीमा अपग्रेड गर्न अर्थात आफूले चलाइ रहेकै नम्बरमा नयाँ फोरजी सिम लिन सक्छन् । 

फोरजी/एलटीई प्रविधि अन्तर्गत फ्रिक्वेन्सीको प्रभावकारितामा सुधार भइ उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभाइसमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्त्वपूर्ण ठूला फाइलहरु आदानप्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतका कामहरु गर्न सकिन्छ । 

आफ्ना ग्राहकलाई सधैं डिजिटल रुपमा कनेक्टेड रहन प्रोत्साहित गर्नका लागि यस ‘डेटा सधैं अन’अभियानअन्तर्गत विभिन्न सेवा तथा अफरहरु सुलभ दरमा प्रदान गर्न एनसेलकाे प्रतिबद्धता रहेको छ ।  मोबाइल ब्रोड ब्याण्डको फाइदा सुनिश्चित गराउँदै कम्पनीले विभिन्न उपभोक्तामैत्री अफरहरु ल्याउने भएको छ । 

एनसेलका ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरि आफ्नो आवश्यकताअनुसार विभिन्न डेटा प्याकहरु सुरु गर्न सक्छन् र विभिन्न अनलाइन प्लेटफर्म जस्तै एनसेल एप तथा वेबसाइटबाट पनि प्याकहरु लिन सक्ने एनसेलले जनाएकाे छ । 

एनसेलले देशभरिका ७२ लाखभन्दा बढि ग्राहकलाई डेटा सेवा प्रदान गरिरहेको छ । त्यसमध्ये ४८ लाख ग्राहकले एनसेलको फोरजी सेवा प्रयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई