२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

गाउँमा आइरन चक्की छैन, तर म्याद गुजारेर ३० लाख चक्की जलाइयो

२०७८, २७ भाद्र आईतवार ०२:१०

हेमन्त केसी | भदौ २७, जाजरकोट | जाजरकोटका गाउँवस्तीमा आइरन चक्कीको अभाव छ । तर, स्वास्थ्य सेवा कार्यालय जाजरकोट भने चक्की गाउँघरका स्वास्थ्य संस्थामा पुर्‍याउँदैन, बरू म्याद गुजारेर जलाउँछ  । यो हरेक वर्षजसो दोहोरिने घटना हो । 

स्रोतका अनुसार पछिल्लो पटक ३० लाख आइरन चक्की जलाइएको छ । स्वास्थ्य कार्यालयका प्रमुख टिकाराम जैसीसँगसम्पर्क गर्न खोज्दा फोन सम्पर्क भएन ।

गर्भवती र किसोरीलाई आइरन चक्की निःशुल्क उपलब्ध गराउने सरकारको नीति छ । सुत्केरी अवस्थामा रक्तअल्पता हुने भएकाले आइरन चक्की प्रयोग गरिन्छ । 

साउनमा भेरी नगरपालिकाले स्वास्थ्य सेवा कार्यालयसँग आइरन चक्की माग्दा उपलब्ध गराएको थिएन । अहिले जिल्लाका ६ वटा पालिकामा रहेका स्वास्थ्य संस्थामा आइरन चक्कीको चरम अभाव छ । 

जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाले आइरन चक्की जलाएको विषयमा आफूलाई जानकारी नभएको बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा