२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हनी ट्र्याप’मा पारेर १८ लाख लिने पक्राउ

३ आश्विन २०७८, आईतवार १६:४१

न्युज कारखाना | असोज ३, दाङ | दाङ प्रहरीले आपराधिक लाभ (एक्सटर्सन) कसुरमा तीन जना महिलालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ ।

कानुनी परामर्शको नाममा होटेलमा बोलाई बियर र चिया खाएकै भरमा जबर्जस्ती करणीको आरोप लगाएर ती महिलाहरूले एक पुरुषसँग बार्गेनिङ गरेको पाइएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको जानकारी िदएको छ ।

५० लाख रुपैयाँबाट बार्गेनिङ गरेर १८ लाख रुपैयाँमा कुरा मिलाई आपराधिक रूपमा रकम असुल गरेको पाइएपछि तीन जना महिलालाई पक्राउ गरी कानुनी कारवाही सुरु गरिएको दाङका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले बताए ।

'हनी ट्र्याप'मा पारेर पैसा असुल्ने ती महिलालाई पक्राउ गरी कानुनी दायरामा ल्याएका छौँ', उनले भने, 'अनुसन्धानले उनीहरूले पैसा असुल गरेको पुष्टि पनि भएको छ ।'

रिजालले पुरुषहरूलाई 'हनी ट्र्याप'मा पारेर रकम असुल गर्ने घोराही उपमहानगरपालीका- १५ निवासी ३२ वर्षीया सीतादेवी थापा, ३५ वर्षीया खुमा वली र घोराही- ५ निवासी ३२ वर्षीया सुष्मा परियार रहेको बताए ।

पक्राउ परेकामध्ये सीतादेवी थापा बस्दै आएको डेराबाट ७ असारमा पीडितलाई धम्की दिई पीडितबाट लिएको १७ लाख रुपैयाँको सिभिल बैंकको चेक एक थान बरामद भएको र नगद एक लाख रुपैयाँ थापाले ब्याजमा लगाइसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । प्रहरीले पीडकको साथबाट चेक र तमसुक पनि बरामद गरेको छ ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसुर गरेकाले सोही दफाको उपदफा ३ (ख)बमोजिम व्यवसायमा गैरकानुनी तरिकाले कुनै क्षति पुर्‍याउने वा चरित्रमा झूटो दोष लगाउने नियतले डर, त्रास देखाई आपराधिक लाभ लिएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिमाना हुने कानुनी प्रावधान रहेको हुँदा उनीहरुलाई सोहीअनुसार अदालतमा मुद्दा दर्ता गरिएको रिजालले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ