2026-08-31 12:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि अखिल नेपाल किसान महासंघको राष्ट्रिय भेला सुरु

असोज ८, काठमाडौँ । शुक्रबारदेखि अखिल नेपाल किसान महासंघको संयुक्त राष्ट्रिय भेला चितवनमा शुरु भएको छ। सो भेलालाई नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापाले भरतपुरमा उद्घाटन गरेका छन् । 

कृषिको सहकारीकरण गरेर किसानको उत्पादन र बजारीकरणलाई व्यवस्थित गर्नुपर्ने आजको आवश्यकता रहेको बादलले बताए। भुमिहिन किसानको समस्या समाधान गर्न गठन भएको  भूमि समस्या समाधान आयोग खारेज गरेर यो बुर्जुवा सरकारले किसानहरुलाई दरिद्रता तर्फ धकेलेको आरोप लगाए। अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष डा. प्रेम दंगालको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल किसान महासंघ चितवनका ईञ्चार्ज शम्भु सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए। सो अवसरमा नेकपा एमाले चितवनका अध्यक्ष पार्वती रावल, राप्ती नगरपालिका प्रमुख प्रभा बराल, बागमती प्रदेशका पूर्वकृषि मन्त्री दावाद्वोर्जे लामा लगायतले आ-आफ्नो भनाई राखेका थिए । 

विषयगत उत्पादक, सामुदायिक र वर्गाीय किसानका २२ संगठनका प्रतिनिधिहरुको कार्यक्रममा सहभागीता रहेको छ। भोलि शनिबारसम्म जारी रहने सो संयुक्त राष्ट्रिय भेलामा किसानका सबै प्रदेश कमिटी र ७७ जिल्लाका ३०० भन्दा बढी किसान प्रतिनिधिको सहभागीता रहेको अखिल नेपाल किसान महासंघ चितवनका सचिव सिपी अधिकारीले जानकारी दिए । 

उक्त  भेलामा २२ विषयगत संघको समुहगत छलफल हुनेछ भने कृषिमा आत्मनिर्भरता, व्यावसायिक कृषि र कृषिमा आधुनिकिकरणका सन्दर्भमा राष्ट्रिय भेलामा छलफल हुनेछ। सो भेलाले किसानको समस्या र मुद्दालाई एकताबद्ध ढंगले उठान गरि अगाडि लगिने अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष डा. प्रेम दंगालले बताए। राष्ट्रिय भेला पश्चात किसान महासंघले शनिबार चितवन घोषणा पत्र जारी गर्ने समेत जनाईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो