भदौ १, सिन्धुपाल्चोक । धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्डमा जनै पूर्णिमामा लाग्ने मेलामा स्नान गर्न जाने क्रममा मङ्गलबार साँझ एकजनाको मृत्यु भएको छ । 

काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नपा–१७ घर भएका ३३ वर्षीय सुवास भेटवालको मृत्यु भए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १, सिन्धुपाल्चोक । धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्डमा जनै पूर्णिमामा लाग्ने मेलामा स्नान गर्न जाने क्रममा मङ्गलबार साँझ एकजनाको मृत्यु भएको छ । 

काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नपा–१७ घर भएका ३३ वर्षीय सुवास भेटवालको मृत्यु भए"/>

2026-09-18 06:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोसाइँकुण्ड तीर्थयात्राका क्रममा एकको मृत्यु

भदौ १, सिन्धुपाल्चोक । धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्डमा जनै पूर्णिमामा लाग्ने मेलामा स्नान गर्न जाने क्रममा मङ्गलबार साँझ एकजनाको मृत्यु भएको छ । 

काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नपा–१७ घर भएका ३३ वर्षीय सुवास भेटवालको मृत्यु भएको हो । 

गोसाइँकुण्ड जाने क्रममा नुवाकोट जिल्लासँग सिमाना पर्ने इचोक गाविस–९ कुटुमसाङ भन्ने स्थानमा बाटोमा हिँड्दाहिँड्दै एक्कासि ढलेका उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नीरज डाँगीले जानकारी दिनुभयो । 

उहाँका अनुसार मङ्गलबार साँझ नै घटनाको जानकारी आएको भए पनि अविरल वर्षाका कारण घटनास्थलमा प्रहरी जान नसकेको पनि मृतकका आफन्तसहित आज बिहान ४ बजे प्रहरी टोली त्यसतर्फ गएको छ । 

गोसाइँकुण्ड जाँदा उच्च स्थानमा अक्सिजन कम पाइने र लेक लाग्ने हुँदा चिसो पानी नखान र अदुवा, लसुन, मरिचजस्ता वस्तु प्रयोग गर्नको निम्ति सर्वसाधारणमा प्रहरीले अनुरोध गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई