२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

एक सुत्केरी मृत्यु भएपछि धनगढीको नवजीवन अस्पतालमा तनाव

२०७८, १० आश्विन आईतवार ०६:१३

असोज १०, काठमाडौँ  । धनगढीको नवजीवन अस्पताल तनावग्रस्त बनेको छ। अस्पतालमा सुत्केरीको मृत्यु भएपछि आइतबार बिहानैदेखि अस्पतालमा तनाव सिर्जना भएको हो।

डोटीको शिखर नगरपालिका ६ की २६ वर्षीया कल्पना सिंह मल्लको मृत्यु भएको थियो। उनका आफन्तले डाक्टरको लापरबाहीका कारण कल्पनाको मृत्यु भएको आरोप लगाएका छन्।

उनीहरूले अस्पतालसँग मेडिकल रिपोर्ट माग गर्दै मृत्युको यथेस्ट कारण खुलाउन भन्दै अस्पताल घेराउ गरेका छन्। मृतकका ससुरा लोकेन्द्र मल्लले बुहारीको मृत्यु बिहानै भएको भएपनि अस्पतालले ढिलोगरी रगतको जोहो गर्न आफूहरूलाई भनेको बताए।

उनले अस्पतालको लापरबाहीले बुहारीको ज्यान गएको बताउदै लापरबाही गर्ने उपर कारबाहीको माग गरे। मृतकका ससुराले बिहान ६:३७ बजे ए नेगेटिभ रगत जुटाइदिन गरेको आग्रह गरेका थिए। उनले भने बमोजिम रगतको जोहो भए पनि मल्लको मृत्यु त्यसअगावै भैसकेको मृतकका ससुराले दाबी गरे। अस्पतालमा तनावको सृजना भएपछि प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला