२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वर्ल्डलिङ्कको दशैँ अफर, पुरानै मूल्यमा दोब्बर स्पिडसँगै २० हजार बराबरको उपहार

१४ आश्विन २०७८, बिहीबार ०२:३५

असोज १४, काठमाडौं । विजया दशमीको अवसरमा देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कले आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेज सहितको परिमार्जित प्याकेज ल्याएको हो ।

कम्पनीको दशैँ अफरमा प्रयोगकर्ताले मासिक केवल ११ सय रुपैयाँमै ४० एमबीपीएस गतिको इन्टरनेट प्याकेज पाउनेछन् । जसमा एउटा नेटटिभी समेत निःशुल्क रुपमा उपलब्ध हुनेछ । यसका लागि प्रयोगकर्ताले १२ महिनाको प्याकेज लिनुपर्नेछ । यद्यपि छ महिनाको सब्सक्रिप्सन लिन चाहने ग्राहकले समेत दशैँ अफरमा सहभागिता जनाउन सक्नेछन् । निकै लामो समयपछि वर्ल्डलिङ्कले ल्याएको छ महिने प्याकेजको मूल्य ७९०० रुपैयाँ राखिएको छ । यो प्याकेज लिने ग्राहकलाई एउटा नेटटिभी सहित ४० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक १३१७ रुपैयाँ पर्नेछ । त्यस्तै कम्पनीले वार्षिक सब्सक्रिप्सन लिने ग्राहकका लागि मासिक १२०० रुपैयाँमै  दुई ओटा नेटटिभी सहितको ६० एमबीपीएस इन्टरनेट प्याकेज समेत ल्याएको छ । यही प्याकेज छ महिने अवधिका लागि खरिद गर्ने ग्राहकलाई भने मासिक १४३४ रुपैयाँ पर्नेछ ।

यसअघि ४० एमबीपीएस र ५० एमबीपीएस इन्टरनेट प्याकेजको मूल्यमा क्रमशः ८० एमबीपीएस र १०० एमबीपीएसको इन्टरनेट प्याकेज लिन सकिनेछ । जसअनुसार वार्षिक प्याकेज लिँदा मासिक १४०० रुपैयाँमै दुई ओटा नेटटिभीसहित वर्ल्डलिङ्कको ८० एमबीपीएस इन्टरनेट प्याकेज प्राप्त गर्न सकिनेछ । यस्तै तीन ओटा नेटटिभी सहित १०० एमबीपीएसको इन्टरनेट प्याकेजका लागि मासिक केवल १६०० रुपैयाँ पर्नेछ । ८० एमबीपीएस र १०० एमबीपीएस इन्टरनेट प्याकेजको छ महिने सब्सक्रिप्सनमा समेत दशैँ अफर लागु हुने कम्पनीले जनाएको छ । वर्ल्डलिङ्कका अनुसार दुई ओटा नेटटिभी सहित ८० एमबीपीएसको छ महिने सब्सक्रिप्सनको मूल्य १० हजार १०० रुपैयाँ र तीन ओटा नेटटिभी सहितको १०० एमबीपीएसको सोही अवधिको सब्सक्रिप्सन ११ हजार ५०० रुपैयाँमा प्राप्त हुनेछ ।

कम्पनीले कुनै पनि वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई निःशुल्क जडान सहित चाडपर्व उपहारको रुपमा करिब २० हजार मूल्य पर्ने सेवा तथा सुविधा समेत उपलब्ध गराउनेछ । जसमा ग्राहकले नेटटिभी सब्स्क्रिप्सन, सेटटप बक्स, डुअल ब्यान्ड राउटर, फाइबर केबल, वाई-फाई रोमिङ र नेटटिभी प्राइम (ओटीटी) सब्स्क्रिप्सन प्राप्त हुनेछ ।

वर्ल्डलिङ्कले देशका ११ हजारभन्दा बढी स्थानमा फ्री वाई-फाई जडान गरेको छ । जसमा अन्य प्रयोगकर्ताले दैनिक ५०० एमबीसम्मको डेटा मात्र निःशुल्क रुपमा प्रयोग गर्न पाउँछन् । तर वर्ल्डलिङ्कका ग्राहकले भने त्यस्ता स्थानमा अनलिमिटेड वाई-फाईको सुविधा प्रयोग गर्न सक्छन् ।

नयाँ ग्राहकसँगै वर्ल्डलिङ्कका विद्यमान प्याकेज रिन्यु गर्ने ग्राहकले समेत यो दशैँ अफर प्राप्त गर्नेछन् । यस्तै हालै मात्र वर्ल्डलिङ्कले वाई-फाईको समस्या समाधान गर्न नयाँ मेश वाई-फाई समेत उपलब्ध गराउन सुरु गरेको छ । जसमा नेपालकै सबैभन्दा फास्ट स्पिडको रुपमा रहेको फोटोन सिरिज ३०० एमबीपीएस इन्टरनेट वाई-फाई सेवा प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य