२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वर्ल्डलिङ्कको दशैँ अफर, पुरानै मूल्यमा दोब्बर स्पिडसँगै २० हजार बराबरको उपहार

२०७८, १४ आश्विन बिहीबार ०२:३५

असोज १४, काठमाडौं । विजया दशमीको अवसरमा देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कले आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेज सहितको परिमार्जित प्याकेज ल्याएको हो ।

कम्पनीको दशैँ अफरमा प्रयोगकर्ताले मासिक केवल ११ सय रुपैयाँमै ४० एमबीपीएस गतिको इन्टरनेट प्याकेज पाउनेछन् । जसमा एउटा नेटटिभी समेत निःशुल्क रुपमा उपलब्ध हुनेछ । यसका लागि प्रयोगकर्ताले १२ महिनाको प्याकेज लिनुपर्नेछ । यद्यपि छ महिनाको सब्सक्रिप्सन लिन चाहने ग्राहकले समेत दशैँ अफरमा सहभागिता जनाउन सक्नेछन् । निकै लामो समयपछि वर्ल्डलिङ्कले ल्याएको छ महिने प्याकेजको मूल्य ७९०० रुपैयाँ राखिएको छ । यो प्याकेज लिने ग्राहकलाई एउटा नेटटिभी सहित ४० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक १३१७ रुपैयाँ पर्नेछ । त्यस्तै कम्पनीले वार्षिक सब्सक्रिप्सन लिने ग्राहकका लागि मासिक १२०० रुपैयाँमै  दुई ओटा नेटटिभी सहितको ६० एमबीपीएस इन्टरनेट प्याकेज समेत ल्याएको छ । यही प्याकेज छ महिने अवधिका लागि खरिद गर्ने ग्राहकलाई भने मासिक १४३४ रुपैयाँ पर्नेछ ।

यसअघि ४० एमबीपीएस र ५० एमबीपीएस इन्टरनेट प्याकेजको मूल्यमा क्रमशः ८० एमबीपीएस र १०० एमबीपीएसको इन्टरनेट प्याकेज लिन सकिनेछ । जसअनुसार वार्षिक प्याकेज लिँदा मासिक १४०० रुपैयाँमै दुई ओटा नेटटिभीसहित वर्ल्डलिङ्कको ८० एमबीपीएस इन्टरनेट प्याकेज प्राप्त गर्न सकिनेछ । यस्तै तीन ओटा नेटटिभी सहित १०० एमबीपीएसको इन्टरनेट प्याकेजका लागि मासिक केवल १६०० रुपैयाँ पर्नेछ । ८० एमबीपीएस र १०० एमबीपीएस इन्टरनेट प्याकेजको छ महिने सब्सक्रिप्सनमा समेत दशैँ अफर लागु हुने कम्पनीले जनाएको छ । वर्ल्डलिङ्कका अनुसार दुई ओटा नेटटिभी सहित ८० एमबीपीएसको छ महिने सब्सक्रिप्सनको मूल्य १० हजार १०० रुपैयाँ र तीन ओटा नेटटिभी सहितको १०० एमबीपीएसको सोही अवधिको सब्सक्रिप्सन ११ हजार ५०० रुपैयाँमा प्राप्त हुनेछ ।

कम्पनीले कुनै पनि वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई निःशुल्क जडान सहित चाडपर्व उपहारको रुपमा करिब २० हजार मूल्य पर्ने सेवा तथा सुविधा समेत उपलब्ध गराउनेछ । जसमा ग्राहकले नेटटिभी सब्स्क्रिप्सन, सेटटप बक्स, डुअल ब्यान्ड राउटर, फाइबर केबल, वाई-फाई रोमिङ र नेटटिभी प्राइम (ओटीटी) सब्स्क्रिप्सन प्राप्त हुनेछ ।

वर्ल्डलिङ्कले देशका ११ हजारभन्दा बढी स्थानमा फ्री वाई-फाई जडान गरेको छ । जसमा अन्य प्रयोगकर्ताले दैनिक ५०० एमबीसम्मको डेटा मात्र निःशुल्क रुपमा प्रयोग गर्न पाउँछन् । तर वर्ल्डलिङ्कका ग्राहकले भने त्यस्ता स्थानमा अनलिमिटेड वाई-फाईको सुविधा प्रयोग गर्न सक्छन् ।

नयाँ ग्राहकसँगै वर्ल्डलिङ्कका विद्यमान प्याकेज रिन्यु गर्ने ग्राहकले समेत यो दशैँ अफर प्राप्त गर्नेछन् । यस्तै हालै मात्र वर्ल्डलिङ्कले वाई-फाईको समस्या समाधान गर्न नयाँ मेश वाई-फाई समेत उपलब्ध गराउन सुरु गरेको छ । जसमा नेपालकै सबैभन्दा फास्ट स्पिडको रुपमा रहेको फोटोन सिरिज ३०० एमबीपीएस इन्टरनेट वाई-फाई सेवा प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ