2026-08-31 10:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भरतपुर महानगरपालिकाले गर्‍यो जेष्ठ नागरिकहरुलाई सम्मान

असोज १५ , काठमाडौँ । भरतपुर महानगरपालिकाले ३१ औं जेष्ठ नागरिक दिवसको अवसरमा जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ। उद्योग वाणिज्य संघ नारायणगढमा एक कार्यक्रमकाबीच जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो।महानगरपालिका अन्तर्गतका २९ वटै वडाका पाँच-पाँच जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो। यस्तै एक सय वर्ष नाघेका १३ जना जेष्ठ नागरिकलाई सम्मानपत्रसहित सम्मान गरिएको छ।

कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले जेष्ठ नागरिकको अधिकार प्राप्तीका लागि आवश्यक सहयोग र पहल गरिरहेको बताइन्। महानगरले जेष्ठ नागरिकहरुका लागि सबै वडामा डे केयर सेन्टर निर्माणको योजना अघि सारेको समेत मेयर दाहालले बताइन्। जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रमलाई आगामी दिनमा पनि यसरी नै निरन्तरता दिने उनले बताइन्। जेष्ठ नागरिकहरुलाई दिन बिताउनै समस्या भइरहेकोले महानगरले डे केयर सेन्टर निर्माणको योजना बनाएको उनको भनाई थियो। उनका अनुसार अहिले बिभिन्न वडामा जेष्ठ नागरिक भवन निर्माणको काम पनि तिव्र गतिमा अघि बढीरहेको छ।

“अहिलेको व्यस्त समयमा जेष्ठ नागरिकहरुको दैनिकी कष्टकर भइरहेको छ। उहाँहरु एक्लोपन महसुस गरिरहनु भएको छ, उनले भनिन्, महानगरले यो बिषयलाई गम्भीरताका साथ लिएको छ । यसैलाई ध्यान राख्दै हामीले सबै वडामा जेष्ठ नागरिक डे केयर सेन्टर निर्माणको योजना ल्याएका छौं।

”डे केयर सेन्टरमा भजन कृतनसहित दिवाकालिन सेवा दिईने मेयर दाहालले बताइन्।यस्तै महानगरले जेष्ठ नागरिकहरुको अनुभव पुस्तान्तरण कार्यक्रमहरु पनि गरिरहेको उनले बताइन्। चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जेष्ठ नागरिक तिरस्कृत हुने अवस्था आए खबर गर्न आग्रह गरेका छन्। परिवार तथा समाजबाट अपमान अथवा हेरचाह नभए प्रशासनले आवश्यक सहयोग गर्ने उनको भनाई थियो।

“परिवार अथवा समाजबाट अपमानित, तिरस्कृत वा हेरचाह नहुने अवस्था आयो भने हामीलाई खबर गर्नुहोस्। हामी आवश्यक सहयोग गर्नका लागि तयार छौं, उनले भने, सम्झाई बुझाई गरेर हुन्छ वा कसरी हुन्छ, हामी सहयोग गर्छौं।”

जेष्ठ नागरिक संघ चितवनका अध्यक्ष केदार तिमल्सिनाले महानगरले जेष्ठ नागरिकहरुलाई गरेको सम्मान प्रशंसनीय भएको बताए। उनले जेष्ठ नागरिकहरुले राज्यबाट पाउनुपर्ने सबै सुविधा कार्यान्वयनका गर्न माग गरे। यस्तै उनले यथाशिघ्र सबै वडामा जेष्ठ नागरिक केन्द्र स्थापना गर्न पनि माग गरे।

कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी, प्रमुख जिल्ला अधिकारी आसमान तामाङ, महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदी, चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीलगायतले दोसल्ला, पौष्टिक आहार र एकरएक हजार रुपैयाँ यातायात खर्चसहित जेष्ठ नागरिकहरुलाई सम्मान गरेका थिए। स्थानीय सरकार आएपछि कार्यक्रम नै गरेर महानगरले पहिलो पटक जेष्ठ नागरिकलाई सम्मान गरेको हो।- लोकपाटीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने