२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कैलालीमा एकै दिन सात प्रतिवादी पक्राउ

१८ आश्विन २०७८, सोमबार ०३:२८

असोज १८, काठमाडौं | कैलाली प्रहरीले एकै दिन विभिन्न मुद्दाका सातजना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । बलात्कार, लागुऔषध, वन मुद्दाका फरार प्रतिवादीलाई आइतबार विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरहेको हो ।

पक्राउ पर्नेमा कैलारी गाउँपालिका–१ का विनोद चौधरी छन् । कैलाली जिल्ला अदालतले चौधरीविरुद्ध बलात्कार मुद्दामा तीन वर्ष ११ महिना पाँच दिन कैद सजाय तोकेको थियो । चौधरी २० भदौ २०७५ देखि फरार थिए । पक्राउ पर्ने अर्का बर्दगोरिया गाउँपालिका–६ का २२ वर्षीय अशोक चौधरी छन् ।

उनीविरुद्ध पनि कैलाली जिल्ला अदालतले तीन वर्ष कैद सजायको फैसला सुनाएको थियो । चौधरी २१ असार २०७२ देखि फरार  थिए । यस्तै आगुऔषध मुद्दामा जिल्ला अदालतबाट ५०० रुपैयाँ जरिमानाको फैसला सुनाइएका धनगढी उप–महानगरपालिका–१ का शत्रुजित जोशीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी १२ बैशाख २०६६ देखि फरार थिए ।


पक्राउ परेका सबैलाई प्रहरीले जिल्ला अदालतमा पेस गरेको प्रहरी नाउव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।  अन्य पक्राउ पर्नेमा वन मुद्दाका फरार प्रतिवादीहरू धनगढी उप–महानगरपालिका १७ का १८ वर्षीय अमन चौधरी, २९ वर्षीय कृष्ण राना, १८ वर्षीय अभिषेक चौधरी र ३० वर्षीय बब्लु राना छन् ।

उनीहरूले गत ८ साउनमा गौरीगंगा नगरपालिका–६ मा बिना इजाजत वन पैदावार ओसार पसार गरेको अभियोगमा डिभिजन वन कार्यालय कैलालीले मुद्दा दायर गरेको थियो । उनीहरू सबैलाई प्रहरीले आवश्यक कानुनी कारवाहीको लागि डिभिजन वन कार्यालय धनगढीमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य