२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज विश्व हुलाक दिवस : नेपालको हुलाक एकादेशको कथा बन्दै

२०७८, २३ आश्विन शनिबार ०४:५३

असोज २३, काठमाडौं, न्युज कारखाना | आज ९ अक्टोबर । विश्वभर विभिन्न कार्यक्रमसहित विश्व हुलाक दिवस मनाइँदै छ । ९ अक्टोबर  १८७४ का दिन विश्व हुलाक संघको स्थापना भएको दिनलाई हुलाक दिवस मनाउने गरिन्छ ।  

नेपालले  सन् १९७६ अर्थात २६ असोज २०१३ बाट विश्व हुलाक संघको सदस्यता पाएपछि मात्र हुलाक दिवस मनाउन थालेको हो । यस वर्ष ‘इनोभेट टु रिकभर’ नाराका साथ विश्वभर विश्व हुलाक दिवस मनाइँदैछ ।

विश्वमा सन् १६३५ बाट आधुनिक हुलाक सेवा सुरु भएको मानिन्छ । कतिपय देशमा अहिले हुलाकको अस्तित्व  छैन भने कतिपय देशले हुलाक सेवालाई आधुनिक बनाएका छन् । विश्व हुलाक संघको एक तथ्यांकअनुसार विश्वका १९२ देशमा ५० लाख भन्दा बढी हुलाककर्मी छन् । 

नेपालमा हुलाक सेवा र यसको इतिहास

१९३५ सालमा ‘नेपाल हुलाक घर’ को स्थापना भएसँगै नेपालमा हुलाक सेवाको सुरुवात भएको होे । यसपछि १९३७ मा तारिख टाँचाको पहिलो प्रयोग भएको थियो । १९३८ मा नेपाली हुलाक टिकटको पहिलो प्रकाशन भएको थियो ।

१९९३ मा नेपाल र भारतबीच सम्झौता भएपछि नेपाली र भारतीय टिकटको प्रयोगमा भारतमा र नेपालबीच पत्र पठाउने कामको सुरुवात भएको थियो । १ वैशाख २०१६ देखि नेपालले अन्तर्राष्ट्रिय हुलाक सेवा सञ्चालनमा ल्याएको थियो  । 

सञ्चारका अन्य माध्यमको विकास भएसँगै हुलाक सेवा पछिल्लो समय ओझेलमा पर्दै भएको छ । सञ्चारका अन्य माध्यमको विकास तथा पहुँच बढ्दै गएपछि नेपालमा अहिले हुलाक सेवा संकटमा परेको छ ।

सरकारले उपत्यकामा सञ्चालन भइरहेको घुम्ती हुलाक सेवालाई देशभर लैजाने भने पनि अहिलेसम्म त्यसमा कुनै काम भने हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा