भदौ २, भोजपुर । स्वदेश तथा विदेशमा खुकुरीका लागि प्रख्यात मानिएको भोजपुरे खुकुरीको उत्पादन दिनप्रतिदिन सङ्कटमा पर्दै गएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २, भोजपुर । स्वदेश तथा विदेशमा खुकुरीका लागि प्रख्यात मानिएको भोजपुरे खुकुरीको उत्पादन दिनप्रतिदिन सङ्कटमा पर्दै गएको छ ।"/>
2026-09-18 09:57 PM
काठमाडौँ - KTM

कालीगढ अभावले भोजपुरे खुकुरी सङ्कटमा

भदौ २, भोजपुर । स्वदेश तथा विदेशमा खुकुरीका लागि प्रख्यात मानिएको भोजपुरे खुकुरीको उत्पादन दिनप्रतिदिन सङ्कटमा पर्दै गएको छ । 

दक्ष कालीगढ तथा कोइला अभावले यो व्यवसाय सङ्कटमा परेको व्यवसायीको भनाइ छ । भोजपुरे, सिरुपाते, चित्लाङ्गले, कोथीमोडा लगायतका खुकुरी निर्माण हुने यहाँको भोजपुरे खुकुरीको माग स्थानीय बजार, बाहिरी जिल्लासँगै अन्तर्राष्ट्रिय बजारसम्म भएपनि दक्ष कालीगढ नहुँदा खुकुरी उत्पादन हुन नसकेको व्यवसायी सन्तोष विश्वकर्माले बताउनुभयो । 

व्यवसायलाई जीवन्त राख्नका लागि विभिन्न खालका खुकुरी बनाउने तालिम सरकारी निकायबाट सञ्चालन गरिनुपर्ने व्यवसायी विश्वकर्माको माग रहेको छ । व्यवसाय सञ्चालनमा समस्या रहेपनि खुकुरीको माग भने अत्यधिक रहेको बताइएको छ । 

विदेश जाने लहरका कारण गाउँघरमा सञ्चालनमा रहेका आरनहरु बन्द हुँदा यतिबेला गाउँघरका लागि पनि सदरमुकामबाट नै खुकुरी लाने गरेका छन् भने गाउँघरमा सञ्चालित आरन प्रायः बन्द अवस्थामा रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई