२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवन दुर्घटना अपडेट: स्थानीय र प्रहरीबीच झडप, दर्जनौं सेल अश्रुग्यास प्रहार

२४ आश्विन २०७८, आईतवार १६:२८

असोज २४, चितवन | भरतपुर महानगरपालिका–७ विकास चोकमा आइतबार पर्यटक बसको ठक्करबाट पैदल यात्री आठ वर्षीय बालकको मृत्यु भएपछि मृतकका आफन्त र स्थानीय प्रदर्शनमा उत्रिए । स्थानीयले ठक्कर दिने कसरा टुर्स एण्ड ट्राभल्सको बा१प १२८४ नम्बरको बसमा ढुंगामुढा गरेर बसको सिसा फुटाएका छन् ।

बसको ठक्करबाट घाइते बालकलाई बस चालकले बसलाई पुनः पछाडि ल्याएर हत्या गरेको स्थानीयको आरोप छ । घटनास्थलमै मृत्यु भएको बालकको शव मुचुल्का विना लगेको भन्दै स्थानीयले बसमा तोडफोड गर्नुका साथै बसको हावा फुस्काउन खोजेका थिए ।

बसको हावा फुस्काउन नदिएपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । प्रहरीले बसलाई जिल्ला कार्यालय लैजान खोज्दै थियो । प्रदर्शनकारीले ठक्कर दिने बसलाई जिल्ला लैजान नदिएपछि साँझपख प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनकारीलाई लखेट्न प्रहरीले दर्जनौँ सेल अश्रु ग्यास हानेको थियो । आवास क्षेत्रमा पनि अश्रुग्याँस हानेपछि घरमा बसेका स्थानीयले प्रहरीविरुद्ध नाराबाजी गरेका थिए ।


आइतबार दिउँसो साढे तीन बजेको समयमा चौविसकोठीबाट पटिहानी जाँदै गरेको उक्त बसले मामा घरकी हजुरआमा ४६ वर्षीय सूर्यकुमारी लामिछानेसँग पैदल हिँडिरहेका माडीका आठ वर्षीय बालक मिलन भण्डारीलाई ठक्कर दिएको थियो । स्थानीयले बताएअनुसार सुरुमा बालकको हातमात्रै भाँचिएको थियो । बस चालकले पुनः पछाडि ल्याएर बालकको हत्या गरेका हुन् ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड