भदौ २, भक्तपुर । नेपालको दोस्रो तथा सानो गोसाइँकुण्डका रूपमा मानिने भक्तपुरको नगरकोटस्थित महादेवपोखरीकुण्डमा आज बिहानैदेखि नै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २, भक्तपुर । नेपालको दोस्रो तथा सानो गोसाइँकुण्डका रूपमा मानिने भक्तपुरको नगरकोटस्थित महादेवपोखरीकुण्डमा आज बिहानैदेखि नै"/>
२८ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

महादेवपोखरीकुण्डमा बिहानैदेखि दर्शनार्थीको भीड

२ भाद्र २०७३, बिहीबार ०९:०५

भदौ २, भक्तपुर । नेपालको दोस्रो तथा सानो गोसाइँकुण्डका रूपमा मानिने भक्तपुरको नगरकोटस्थित महादेवपोखरीकुण्डमा आज बिहानैदेखि नै मेला भर्न आउनेको भीड लागेको छ । रसुवाको गोसाइँकुण्ड जान नसकेका र जान नपाएका भक्तजन महादेवपोखरी मन्दिरमा आएर कुण्डमा नुहाइ महादेवको पूजा गरेमा पुण्य प्राप्त हुने मान्यता रहेकाले परम्परादेखि नै यहाँ हरेकवर्ष उत्तिकै भीड लाग्ने गर्दछ । 

हरेक वर्षको जनैपूर्णिमामा लाग्ने मेला भर्न यहाँ काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, नाल्दुम, बनेपा, पनौतीदेखिका मानिस आउने गर्छन् । महोदवपोखरीमा मेला भर्न यहाँ रातिदेखि नै भक्तजनको घुइँचो लाग्ने गरेको नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष दीपक लामिछानेले बताउनु भयो । 

यहाँको कुण्डमा नुहाइ महादेवको पूजा गरे मनोकाङ्क्षा पूरा हुने, रोग हट्ने र पुण्य प्राप्त हुने जनविश्वास रहेको उहाँले जानकारी दिनुभयो । 

गोसाइँकुण्डको पानी महादेवपोखरीमा आउने जनविश्वासका कारण दर्शनार्थी यहाँ आउने पुरानो परम्परा छ । कुण्डमा विभिन्न जातजातिका मानिस आ–आफ्नो परम्पराअनुसार पूजा झाँकी लिएर आइ मेला भर्ने गरेका छन् । 

मेलामा भीडलाई व्यवस्थापन गर्न स्थानीय क्लबले र नगरकोट नाल्दुम पर्यटन विकास समितिले स्वयम्सेवकको कार्य गरेको छ भने नगरकोट चोकबाट मन्दिरसम्मको करिब डेढ किलोमिटर वरबाटै सवारी साधन प्रवेश निषेध समेत गरेको छ । 

मेला रातिसम्म नै सञ्चालन हुने समितिले जानकारी दिएको छ । त्यसैगरी साउन शुक्लपूर्णिमा अर्थात जनैपूर्णिमाका दिन आज भक्तपुरको व्यासीस्थित औद्योगिक क्षेत्रमा रहेको प्राचीन कालदहमा बिहानैदेखि ठूलो मेला लागेको छ । प्रत्येक वर्ष भव्य मेला लाग्ने यस दहमा स्नान गरी महादेवको पूजा गर्न भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । 

विशेषगरी स्थानीय नेवार समुदायका गोसाइँकुण्ड जान नसक्ने भक्तजन यस काल दह अर्थात महादेव पोखरीमा आइ स्नान गर्ने र पोखरीको बीचमा रहेको महादेवको पूजाअर्चना गर्ने प्रचलन रहिआएको छ । कालदहको स्नान र पूजाअर्चनापछि भक्तजनले नयाँ रक्षा बन्धन बाँध्ने गर्दछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने