२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदशिक रोजगारमा जानु अघि सीप सिक्ने ? बोर्डले दिँदैछ निःशुल्क तालिम

२०७८, १ कार्तिक सोमबार १२:५३

कात्तिक १, काठमाडौँ | वैदेशिक रोजगार बोर्डले विभिन्न विषयमा निःशुल्क सीप तालिम प्रदान गरिरहेको छ । विशेषगरी वैदेशिक रोजगारीबाट फर्केकाहरुसहित सीप सिक्न चाहने सबैलाई लक्षित गरी तालिम सञ्चालन भइरहेको बोर्डले जनाएको छ ।

बोर्डले विभिन्न जिल्लामा रहेका सीप तालिम केन्द्रसँग समन्वय गरेर तालिम सञ्चालन गर्दै आएको छ । बोर्डले प्लम्बर सहायक, डकर्मी, सटरिङ कार्पेन्टिङ, गार्मेन्ट मेसिन अप्रेटर, इलेक्ट्रिसियन, एसिस्टेन्ट स्काफोल्डर, हाउस पेन्टर, किचन सहयोगी, सुरक्षा गार्ड, वेटर, स्टील फिक्सर, हाउस किपिङ, एसिस्टेन्ट वेल्डर, फ्रन्ट अफिस सहायक, सहायक टायल मार्बल फिक्सचर्स, सहायक आल्मुनियम फेब्रिकेटर, जुनियर फर्निचर मेकर र जुनियर ब्युटिसियनको तालिम प्रदान गरिरहेको छ । तालिम अहिले पनि कतिपय ठाउँमा चलिरहेको र माग भएअनुसार माग भइआएको ठाउँमा तालिम सञ्चालन गरिने बोर्डले जनाएको छ ।

अघिल्लो वर्ष तीन हजार सात सय जनालाई तालिम प्रदान गरेको र यो वर्ष फेरि १० हजार जतिलाई लक्षित गरेर तालिम दिने कार्यक्रम रहेको बोर्डले जनाएको छ । तालिम लिन चाहनेले आफ्नो पालिकामा रहेको रोजगार सूचना केन्द्रमा गएर पनि बुझ्न सक्नेछन् । तालिम लिनको लागि पालिकाले वा वडाले नै किटानी सिफारिस गरेको हुनुपर्नेछ ।

स्थानीय तहबाट यो विषयमा यति जनालाई तालिम दिलाइपाउँ भनेर माग भइआएको खण्डमा वैदेशिक रोजगार बोर्डले नै वडामा गइ तालिम सञ्चालन गराउने बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार तालिम दिइसकेपछि निःशुल्क सीप परीक्षण पनि गराइनेछ । तालिम कम्तीमा पनि एक महिनाको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने