२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एउटै व्यक्ति कांग्रेसको वडा उपसभापति र एमालेको वडा सचिवमा निर्वाचित

२०७८, ७ कार्तिक आईतवार ०३:२७

कात्तिक ७, दार्चुला | दार्चुलामा कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका एक जना एमालेको वडा सचिवमा चयन भएका छन् । गत ९ असोजमा  सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट शंकर सिंह डोबाल महाकाली नगरपालिका–२ को उपसभापतिमा चयन भएका थिए । शनिबार गरिएको नेकपा एमालेको वडा अधिवेशनमा डोबाल सचिवमा चयन भएका छन् । 

‘कांग्रेसले सम्पन्न गरेको वडा अधिवेशनमा डोबाल उपसभापतिमा चयन भएका हुन् । एमालेमा प्रवेश गरे नगरेकोबारे जानकार छैन’, कांग्रेस महाकालि नगरपालिकाका प्रवक्ता पदम सिंह महरले भने । 

शनिबार सम्पन्न गरिएको वडा अधिवेशनमा वीर सिंह डोबाल अध्यक्ष र शंकर सिंह डोबाल सचिवमा चयन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ । 

केही वडामा अधिवेशन सम्पन्न

नेकपा एमाले दार्चुलाले शनिबार दार्चुलाका स्थानीय तहहरूमा ६१ वटा वडाहरू मध्ये केही वडामा अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनको तयारी गरिएका वडाहरूमा शनिबार गरिएको र बाँकीमा गरिने एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडालले बताए । 

शैल्यशिखर नगरपालिका–६ को वडा अधिवेशनबाट सुरेन्द्रराज विष्ट अध्यक्ष तथा रमेश सिंह धामी सचिव रहने गरी ३१ सदस्यीय वडा कमिटी चयन गरेको छ ।

शैल्यशिखर नगरपालिका–७ को वडा अधिवेशनबाट नवराज भट्ट वडा कमिटी अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरिएको नेकपा एमाले जिल्ला कमिटी सदस्य पुष्पराज जोशीले जानकारी दिए । 

मालिकार्जुन गाउँपालिका–१ को वडाकमिटी अध्यक्षमा रमेशसिंह बोहरा सर्वसम्मत चयन गरिएका छन् ।महाकालीनगरपालिका–२ मा अध्यक्षमा वीर सिंह डोबाल र सचिवमा शंकर सिंह डोबाल रहने गरि २७ सदस्यीय समिति गठन गरिएको छ । 

महाकाली नगरपालिका–३ मा बलदेव सिंह महर अध्यक्ष रहने गरी ३१ सदस्यीय, वडा नम्बर ९ मा कृष्ण सामन्त अध्यक्ष रहने गरी ३१ सदस्यीय समिति गठन गरिएको छ भने वडा नम्बर ७ मा किसन रैखोला अध्यक्ष रहने गरी ३१ सदस्यीय समिति गठन गरिएको एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडालले बताए । 

महाकाली नगरपालिका–८ मा भवानसिह धामी अध्यक्ष, देव सिंह विष्ट उपाध्यक्ष तथा जगत सिंह साउँद सचिव रहने गरी २१ सदस्यीय समिति गठन गरिएको छ । 

ब्यास गाउँपालिका–६ मा प्रमानन्द भट्ट अध्यक्ष रहने गरी ३१ सदस्यीय वडा कमिटी गठन गरिएको नेकपा एमालेका जिल्ला सदस्य एवं ब्यास गाउँपालिका–३ का वडाध्यक्ष उपेन्द्र सिंह धामीले जानकारी दिए ।  दुहुँ गाउँपालिका–१ को वडा कमिटी अध्यक्षमा मदन सिंह भण्डारीलाई चयन गरिएको छ । 

मार्मा गाउँपालिका–१ को वडा अधिवेशनले रिउले धामी अध्यक्ष, तथा पूर्ण बोहरा सचिव रहने गरी ३१ सदस्यीय वडा कमिटी गठन गरिएको छ । 

नौगाड गाउँपालिका–५ को वडाअधिवेशनबाट ५ जना पदाधिकारीसहित ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरिएको जनाएको छ । अंगवीर सिह धामी अध्यक्ष रहने गरी ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरिएको नेकपा एमाले जिल्ला कमिटी सचिव ज्ञानेन्द्र घर्तीले जानकारी दिए । 

लेकम गाउँपालिका–३ मा रमेशप्रसाद भट्टको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी चयन गरिएको छ । वडा नम्बर ४ मा डम्बरबहादुर पालको अध्यक्षतामा ३१ सदस्यीय कमिटी चयन गरिएको छ । वडा नम्बर ५ मा केशवदत्त जोशीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो