२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

प्रदेश १ का विपक्षी गठबन्धन एकै ठाउँमा

१४ कार्तिक २०७८, आईतवार १६:१३

कात्तिक १४, विराटनगर | प्रदेश १ का विपक्षी गठबन्धनले मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकार ढाल्नका एकै ठाउँमा उभिने निर्णय गरेका छन् । 

प्रदेशसभामा पेस गरेको विश्वासको प्रस्तावविरुद्ध मतदान गरेर आचार्य नेतृत्वको सरकारलाई ढालेर गठबन्धनको सरकार बनाउने निष्कर्षमा उनीहरू पुगेका छन् ।  

आज पाँच दलीय गठबन्धनको बैठकले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईको नेतृत्वमा सरकार बनाउने गठबन्धनका दलहरूको भनाइरहेको छ । विपक्षमा गठबन्धनका सबै प्रदेश सांसदले मतदान गर्ने र दलीय गठबन्धनको संस्कारलाई अझै मजबुत बनाएर अघि बढ्ने दुई बुँदे निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताए । गठबन्धनमा मतभेद नभएकोले केन्द्रको निर्णय मान्नेसमेत उनले बताए । 

आधा कार्यकालको विषयमा पार्टीभित्र संघर्ष गरिरहेको र अहिले तत्काल केन्द्रीय गठबन्धनले गरेको निर्णय अनुसार नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईको नेतृत्वमा सरकार गठन गर्ने तयारीमा गठनबन्धनका दलहरू रहेका छन् ।

गत ७ गते हुने विश्वासको मत लिने बताए पनि कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले बैठक सार्न माग गरेपछि बैठक स्थगित भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा गृह जिल्ला भ्रमणमा आएको मौका छोपी कांग्रेसले देउवालाई चुनौती दिन बैठक सार्न निवेदन दिएको थियो । 


कांग्रेस पार्टीभित्रको राजनीतिक अन्तर्विरोधले प्रदेश १ सभाको बैठक कार्तिक ७ गते सूचना टाँसेर कात्तिक १५ गतेसम्मका लागि स्थगित गरिएको छ । सत्तारुढ दल एमाले र प्रमुख प्रतिपक्षी कांग्रेसले बैठक स्थगितका लागि निवेदन दिएपछि सभामुख प्रदीपकुमार भण्डारीले कात्तिक १५ गते सोमबार दिउँसो १२:३० बजेसम्मका लागि सदन स्थगित गरेका थिए । 

मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभा बैठकमा कात्तिक ५ गते विश्वासको मतका लागि पेस गरेको प्रस्तावमाथि छलफल गरी मत विभाजन प्रक्रियाद्वारा १५ गते टुंगियाउने कार्यसूची तय गरिएको छ । 

मुख्यमन्त्री आचार्यविरुद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले गठबन्धन बनाएका छन् । मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक हुन्छ । 

९२ सदस्यीय प्रदेशसभामा सभामुखसहित एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको १/१जना प्रदेश सांसद छन् । एमालेका प्रदेश सांसद गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागज मुद्दामा दोषी ठहर गरेदेखि फरार छन् । राप्रपा भने कतै खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै