2026-09-19 01:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब विमानभित्रै मोबाइल र इन्टरनेट सेवा

कात्तिक १८, काठमाडौँ | नेपाल  दूरसञ्चार  प्राधिकरणले  दुईवटा विदेशी  एरोस्पेस  कम्पनीलाई  विमानभित्रै  मोबाइल  र  इन्टरनेट सेवा दिन सहमति प्रदान गरेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मुलुकको हवाई  उडानको  इतिहासमा  पहिलो  पटक  नेपालको  आकाशमा विमानभित्रै मोबाइल र इन्टरनेट सेवा दिन ‘थाल्स र सीता’ भन्ने एरोस्पेस कम्पनीलाई सहमति प्रदान गरिएको जानकारी दिए । 

उनले भने, “सहमति पाएका यी दुई कम्पनीले एरोस्पेससम्बन्धी विभिन्न सेवा उपलब्ध गराउँदै आएका छन्  ।  अब  नेपालको  आकाशमा  उडान  गर्ने  विभिन्न  विमान सेवा प्रदायकहरूले ती कम्पनीका यो सेवा खरिद गरी आफ्ना यात्रुलाई सेवा पुर्याउन सक्छन् ।” 

यसअघि  यात्रुले  हवाई  उडान  भर्दा  विमानभित्र  मोबाइललगायतका  उपकरण  फ्लाइट  मोडमा  राखेर  यात्रा  गर्नुपर्ने  बाध्यता  रहेको  थियो  ।  अब  यस  प्रकारको  सेवा  लिएका  विमान  कम्पनीले  आफ्ना  यात्रुलाई विमानभित्रै मोबाइल वाइफाई सेवा उपलब्ध गराउन सक्ने रहँदै आएकोमा अब यी दुई कम्पनीको सेवा  एयरलाइन्सले  खरिद  गर्न  सक्ने  प्राधिकरणले  जनाएको छ ।

नेपाल  दूरसञ्चार  प्राधिकरणले  विमानमा  यात्रा  गर्नेका लागि विमानभित्रै मोबाइल नेटवर्क तथा इन्टरनेट सेवा उपलब्ध गराउन आवेदन माग गरेकोमा ती दुई कम्पनी छनोट भई उनीहरूलाई सहमति प्रदान गरिएको हो । प्राधिकरणद्वारा निर्धारित मापदण्डअनुसार ती कम्पनी छनोटमा परेको उनले स्पष्ट पारे । 

– यो समाचार गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई