2026-07-11 07:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा एमाले संगठित सदस्यको संख्या साढे ९ हजार

कात्तिक २५, भक्तपुर | नेकपा (एमाले) १०औँ महाधिवेशनका लागि भक्तपुरमा पनि तयारी तीब्र छ । मंसिर १०-१२ चितवनमा हुने महाधिवेशनका लागि वडा र गाउँ अधिवेशन भइसकेका छन् ।

भक्तपुर जिल्लाबाट एमाले पार्टी संगठित सदस्यको संख्या ९ हजार ४ सय २७ रहेकाे एमालेले जानकारी दिएकाे छ । एमाले भक्तपुरका अध्यक्ष बचन देउजाका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा ३ हजार ३ सय ३४ र निर्वाचन क्षेत्र नम्बर २ मा ६ हजार ९३ जना संगठित सदस्य छन् ।

जिल्ला र विशेष जिल्ला अन्तर्गत ५ सयसम्म दलित सदस्यमध्येबाट निर्वाचित हुने १ जना प्रतिनिधि आउनेछन् । तीन प्रतिनिधिमध्ये एक महिला अनिवार्य हुने व्यवस्था गरिएको छ ।  हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट १ हजार २ सय पार्टी संगठित सदस्यबाट कम्तिमा एक महिलासहित ३ जना महाधिवेशन प्रतिनिधिका रुपमा चुनिने व्यवस्था रहेको छ। 

केन्द्रीय सल्लाहकार परिषद्बाट १५ जना र प्रदेश र सो सरहका कमिटीबाट कम्तिमा दुई महिलासहित पाँच जनाका दरले प्रतिनिधि आउनेछन् । एमाले केन्द्रीय कार्यालयको अनुसार पार्टीको संगठित सदस्यको संख्या सात लाख २८ हजार छ । ती सदस्यहरुबाट महाधिवेशनमा एक हजार पाँच सय ५२ जना महाधिवेशन प्रतिनिधिको रुपमा चुनिएर आउने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट