१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा एमालेको सर्वसम्मत नेतृत्व चयन

२७ कार्तिक २०७८, शनिबार १०:१८

खड्क सुनार | कात्तिक २७, मुगु | नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेले मुगुमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । नेकपा एमाले मुगुले वडा तह र स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको हो । 

जिल्लाको छायानाथ रारा नगरपालिकामा परेकराज चौलागाईं, खत्याड गाउँपालिकामा डिलबहादुर थापा, सोरु गाउँपालिकामा दानबहादुर बुढा र मुगुम कार्मारोङ गाउँपालिकामा रतनबहादुर बुढाको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरेको एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा जिल्ला पार्टी प्रवक्ता डवलबहादुर रोकायाले जानकारी दिए । 

'जिल्लामा सञ्चालन भएका वडा तह र स्थानीय तहको नेतृत्व सर्वसम्मत चयन गरेका हौं', रोकायाले भने । जिल्लाको ४५ वडामा ३१ सदस्सीय कमिटी रहेको छ भने चार वटा स्थानीय तहमा अध्यक्षसहित ७५ सदस्सीय कमिटी रहेको रोकायाले जानकारी दिए । 

मुगुम कार्मारोङ गाउँपालिका-८ को अध्यक्षमा २० वर्षीय छिरिङ ग्याम्जो लामा चयन भएका छन् । छायानाथ रारा नगरपालिका-२ को अध्यक्षमा रूपबहादुर तिरुवा र वडा नम्बर ११ मा दलबहादुर कुमाल वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

नगरपालिकाको वडा नम्बर ४ को वडा अध्यक्षमा रजनी भाम चयन भएको एमाले मुगुले जानकारी दिएको छ । राष्ट्रिय महाधिवेशनको लागि मुगु जिल्लाबाट ८ जना प्रतिनिधि छनोट प्रक्रिया रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक