2026-06-21 06:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पाथीभरा दर्शन गर्न आएका दुई हजारभन्दा बढी तिर्थयात्री माथिल्लो फेदीमै रोकिए

कात्तिक ३०, ताप्लेजुङ | नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दले पाथीभरा मन्दिर दर्शन गर्न आउने भक्तजन प्रभावित भएका छन् । बन्दका कारण सवारीसाधन ठप्प हुँदा तीर्थयात्रीले कठिनाइ भोग्नु परेको हो । सरकारले हालै पेट्रोलिय पदार्थ र खाना पकाउने ग्यासमा गरेको मूल्यवृद्धि विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द आह्वान गरेको हो । 

एक्कासी बन्द आह्वान गरेपछि पाथीभरा मन्दिर प्रवेशद्धारको माथिल्लो फेदीमा सोमबार दुई हजार दुई सय भक्तजन रोकिएको माथिल्लो फेदी प्रहरी चौंकीले जनाएको छ । फेदीमा रोकिएका भक्तजनहरू आज सदरमुकाम फुङ्लिङ फर्किनेछन् । फेदीदेखि सवारीसाधनमार्फत भक्तजनहरु आ-आफ्नो घर फर्कने गर्छन् । तर, बन्दले यातायातका साधनहरु ठप्प भएसँगै बिहान पूजापाठ गरेर फर्नने दुई हजारभन्दा बढी भक्तजन फेदीमा रोकिएको माथिल्लो फेदी प्रहरी चौकीका प्रमुख प्रहरी असई लोकबहादुर थापाले बताए । 

बन्दले यातायातका साधन ठप्प हुँदा पाथीभरा मन्दिर दर्शनमा आउने भक्तजन पनि कम भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । पाथीभरा मन्दिरमा दर्शन गरेर फर्कनेहरूको लागि दिउँसो ३ बजेदेखि पाथीभरा क्षेत्रमा सञ्चालन हुने सवारीसाधन सञ्चालन गर्न दिने बन्द आह्नानकर्ता तथा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव असल पन्दाकले बताए । बन्दका कारण ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजार सुनसान भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ