२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

नेपालबाट दोस्रो भूउपग्रह प्रक्षेपणको तयारी, अपरेटिङ सिस्टम नेपालमै बनाउने योजना

३ मंसिर २०७८, शुक्रबार ०४:४३

मङ्सिर ५, काठमाडौँ | अपरेटिङ सिस्टम (सञ्चालन प्रणाली) नेपालमै बनाउने योजनासहित भूउपग्रह प्रक्षेपणको प्राविधिक तयारीमा नेपाली वैज्ञानिक जुटेका छन् । ‘नेपाली स्याट–२ पदयात्री’ नाम रहने यो भूउपग्रह अघिल्लो भूउपग्रह ‘नेपाली स्याट–१’ भन्दा तीन गुणा ठूलो हुनेछ ।

सबै काम निर्धारित समयमा भ्याइए सन् २०२२ सम्ममा स्याटेलाइट प्रक्षेपण गर्ने तयारी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को छ । नास्टको सहयोगमा डा. आभास मास्केसहित १० जना नेपाली युवा वैज्ञानिक भूउपग्रह निर्माणमा तल्लीन छन् । जापानको क्युटेक विश्वविद्यालयसँग मिलेर ‘नेपाली स्याट–१’ निर्माण गरी अमेरिकाबाट प्रक्षेपण गरिएको थियो ।

यसपटक नेपाली इन्जिनियरले नेपालमा भूउपग्रहको प्रारूप बनाइसकेका छन् । यसलाई भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इस्रो)मा लगेर भूउपग्रह निर्माणसम्बन्धी विभिन्न परीक्षण गरिएको छ । 

नास्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले भने, “यस परीक्षणबाट हामीलाई निकै सफलता हात परेको छ ।” विदेशको प्लेटफर्म प्रयोग गरेर भए पनि नेपालीले भूउपग्रह निर्माण गरिसकेको स्मरण गर्दै प्रवक्ता ढुङ्गेलले भने, “नेपालमै स्याटेलाइट निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिन यो परियोजना सुरु गरेका हौँ ।” 

उनले भने, “स्याटेलाइटको अपरेटिङ सिस्टम नेपालमै पनि बनाउन सकिन्छ कि भनेर अनुसन्धान गर्दैछौँ । अपरेटिङ सिस्टम बनाउन सफल भएमा यसले भूउपग्रह बनाउन लाग्ने ६० प्रतिशत समय र लागत घटाउँछ ।”

डा. मास्केका अनुसार स्याटेलाइट सिस्टम अन चिप मिसनलाई पनि नास्टले अगाडि बढाएको छ । यसमा सम्पूर्ण सिस्टम एउटै चिपमा बन्छ, एउटै माइक्रो चिपले सम्पूर्ण स्याटेलाइटलाई सञ्चालन गर्न सक्छ । वैज्ञानिक डा. मास्केले भने, “यो कामका लागि हामीले एउटा यस्तो चिप भेट्टाएका छौँ, जसको विभिन्न तहको परीक्षणमा जुटेका छौँ ।” 

- यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो