2026-08-31 11:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवन कांग्रेस प्रदेशसभा क्षेत्रीय अधिवेशन: १ (क) मा कडा प्रतिस्पर्धाबीच मल्लको प्यानल नै विजयी

मङ्सिर ४, चितवन | नेपाली कांग्रेसको १४औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनका ६ वटा प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट एक सभापति र दुई-दुई जना उपसभापति, सचिव र सहसचिव निर्वाचित भएका हुन् ।

हरेक क्षेत्रबाट १६ देखि १८ जनासम्म प्रदेश महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । सबै क्षेत्रबाट निर्वाचनको मतपरिणाम आइसकेको छ । ६ जना प्रदेशसभा क्षेत्रीय सभापतिका लागि १८ जनाले उम्मेदवारी दिएका थिए । 

चितवन निर्वाचन क्षेत्र नं १ (क)मा प्रतिस्पर्धाबीच सभापतिका उम्मेदवार गणेश मल्ल विजयी भएका छन् । सभापतिका लागि मल्ल र कृष्णबहादुर श्रेष्ठ चुनावी प्रतिस्पर्धा भएको थियो ।

मल्ल एक मत मात्रै बढी ल्याएर सभापतिमा विजयी भएका मुख्य निर्वाचन अधिकृत कमलमोहन पोखरेलले जानकारी दिए । क्षेत्रीय अधिवेशनमा मल्लको प्यानलै विजयी भएको हो । मल्लले १७६ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी श्रेष्ठले १७५ मत ल्याएका थिए । 

उपसभापतिमा प्रकाश श्रेष्ठ र राजु चौधरी, सचिवमा दीपेन्द्र रोक्का र संगीता चौधरी र सहसचिवमा कृष्णप्रसाद पाठक र पदमबहादुर मोक्तान विजयी भएका हुन् । 

निर्वाचन क्षेत्र नं १ (ख)को सभापतिमा गोविन्द गौतम विजयी भए । गौतमले २७९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी रामहरी न्यौपानेले २६५ मत प्राप्त गरे । अर्का प्रतिस्पर्धी सुजन थापाले जम्मा १९ मत मात्रै प्राप्त गरे । 

उपसभापतिमा इन्द्रलाल न्यौपाने र डिल्लीप्रसाद छत्कुली निर्वाचित भए । सचिवमा देवेन्द्रबहादुर भुजेल र मनोज चौधरी निर्वाचित भएका छन् । त्यस्तै, सहसचिवमा गीता दाहाल र रामसिंह चौधरी निर्वाचित भएका हुन् ।

२ (क)को सभापतिमा जनार्दन दाहाल विजयी भएका छन् । उनले २२९ मत प्राप्त गरे । उनका निकटम प्रतिद्वन्द्वी हरिप्रसाद भण्डारीले १९५ मत मात्रै प्राप्त गरे । अर्का प्रतिस्पर्धी राजकुमार गुरुङले जम्मा ५० मत पाए । 

उपसभापतिमा केशवराज रिमाल र मिठु गौतम सुवेदी, सचिवमा कुमबहादुर गुरुङ र ठाकुर लामिछाने र सहसचिवमा सोमराज आचार्य र सुजन थापा निर्वाचित भएकाे निर्वाचन अधिकृत सुशील घिमिरेले जानकारी दिए । 

२ (ख)को सभापतिमा रोशन शाही ठकुरी विजयी भए । ठकुरीले २६१ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी करुणाकान्त पोख्रेलले १९८ मत प्राप्त गरे । अर्का प्रतिस्पर्धी रचन कार्कीले २३ मत मात्रै प्राप्त गरे । 

उपसभापतिमा जानकी पौडेल सापकोटा र महेन्द्रराज पौडेल विजयी भएका छन् । सचिवमा कृष्ण विलास अधिकारी र रविभन्द्र शर्मा खनाल विजयी भए । सहसचिवमा बसन्त ढकाल र सजनी भन्तना विजयी भएको मुख्य निर्वाचन अधिकृत पोख्रेलले जानकारी दिए । 

३ (क)को सभापतिमा खेमनारायण सापकोटा विजयी भए । उनले ३०८ मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी कमलनाथ पौडेलले १५८ मत पाए भने अर्का प्रतिस्पर्धी शालिग्राम पौडेलले ११८ मत प्राप्त गर्न सफल भए । 

उपसभापतिमा आशबहादुर गुरुङ र सूर्यकला अधिकारी कोइराला, सचिवमा आनन्द प्रसाद सुवेदी र ठाकुरप्रसाद पौडेल र सहसचिवमा डिलु गुरुङ र भरत अधिकारी पण्डित विजयी भएका छन् ।

३ (ख)को सभापतिमा चार जनाले उम्मेदवारी दिएकामा १४७ मत ल्याएर शोभाखर चापागाईँ विजयी भए । उनका निकटम प्रतिस्पर्धी ओमप्रसाद पोख्रेलले ९९ मत ल्याए भने अर्का प्रतिस्पर्धी रामबहादुर कुँवरले ७८ र अशोक लामाले २८ मत मात्रै ल्याउन सफल भए । 

उपसभापतिमा केशव बसेल र लिलाराज भुसाल, सचिवमा गोविन्द शर्मा र सूर्य अधिकारी र सहसचिवमा नेत्रराज आचार्य र मोहदत्त काफ्ले निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ