१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

७५ मध्ये ७० वडामा माओवादी अधिवेशन

५ मंसिर २०७८, आईतवार ०२:५८

मङ्सिर ५, उदयपुर | सत्तारुढ नेपाल कम्युनिस्ट पाटी माओवादी केन्द्र उदयपुरको शनिवार वडा अधिवेशन ७० वडामा सम्पन्न भएको छ । उदयपुरको आठ स्थानीय तहको ७५ वडा मध्ये ७० वटामा अधिवेशन भएको हो । 

देशभरी एकैदिन वडा अधिवेशन गर्ने पार्टी निर्देशनअनुसार उदयपुरका ७५ वटै वडामा अधिवेशन गर्ने तयारी गरिए पनि प्राविधिक कारणले पाँच वटामा भने आइतबार गर्नुपर्ने भएको छ । पार्टी जिल्ला समन्वय कमिटी अध्यक्ष विनोद कटुवालकाअनुसार शनिबार सबै वडामा एकैदिन अविधेशन गर्ने तय भए पनि प्राविधिक कारणले पाँच वटा वडामा आइतवार गर्ने तय भएको छ । 

पाँच वटा बाहेक जिल्लाका सबै वडामा अविधेशन भएको र कतिपयमा सर्वसम्मत नेतृत्व चयन भइसकेको जानकारी आएको अध्यक्ष कटुवालले बताए । कटारी नगरपालिकाको २ र  त्रियुगाका ४ वटा वडामा आइतबार गर्ने गरी अविधेशन स्थगित गरिएको उनले बताए । 

सदरमुकाम भएकाले सब भन्दा महत्वपूर्ण मानिने त्रियुगा नगरपालिका ११ नंं वडाको अधिवेशन साँझ सम्पन्न भएको छ । अधिवशेनले आयोजक कमिटीकै संयोजक. रहेका शिवकुमार खड्काको अध्यक्षतामा २९ सदस्यीय नयाँ कमिटी चयन गरेको छ । उपाध्यक्षमा राम बराईली, सचिव सोनामसिंह दनुवार, सहसचिव मनिषा राई र कोषाध्यक्षमा बिमला बस्नेत छानिएका छन् । 

अधिवेशनले ९ जना नगर प्रतिनिधि र पुराना बामपन्थी विश्वेश्वर राईको संयोजकत्वमा ६ सदस्यीय सल्लाहकार कमिटी पनि गठन गरेको छ । त्यस्तै २ जना जेष्ठ नागरिक प्रतिनिधिको पनि चयन गरेको पार्टीले जनाएको छ । 

लिमचुङबुङ गाउँपालिका ४ बलम्तामा सम्पन्न.अधिवेशनले गणेश राईको नेतृत्वमा सर्बसम्मत कमिटी चयन गरेको पार्टीका गाउँपालिका अध्यक्ष होम किरातीले बताए । उनका अनुसार अन्य वडाहरु १ नंं. बाँसबोटे, २ ताम्लिछा, ३ बाराहा र ५ जाँतेमा अधिवेशन सम्पन्न भएको जनाएका छन । 

५ नं. वडा जाँतेमा भने अध्यक्षका आकांक्षी आधा दर्जन बढी देखिएपछि नेतृत्व चयन हुन ढिला भइरहेको छ । गाउँपालिका कमिटी सदस्य दिनेश राईकाअनुसार त्यहाँ ८ जनाले अध्यक्षमा दाबी गरिरहेका छन् । अन्य गाउँपालिकाहरु उदयपुरगढीका ८ वडामध्ये ६ बाहेक सबैमा कमिटी सर्बसम्मत गठन भइसकेको छ । रौताका ८, ताप्लीका ५ वडामा पनि अधिवेशन चलिरहेको खबर प्राप्त भएको छ । कटारी नगरपालिकाका १४ मध्ये १३ वडाको अधिवेशन चलिरहेको र कमिटी चयनको नतिजा आउन बाँकी रहेको छ । चौदण्डीगढीका १० तथा बेलका नगरपालिकाका ९ वटा सबै वडामा अधिवेशन चलिरहेको छ । सबै नतिजा आज आउने अध्यक्ष कटुवालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ