2026-09-08 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

कार्यकारीले गाउँपालिकाको खाता शून्य बनाएको अध्यक्षको आरोप

खड्क सुनार | मंसिर ५, मुगु | सोरु गाउँपालिकाका अध्यक्ष लोकबहादुर शाहीले प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिकाको बजेट जथाभावी खर्च गरेका कारण खाता शून्य भएको आरोप लगाएका छन् । आर्थिक वर्ष ०७७/०७८ को बजेटको विभिन्न शीर्षकमा विनियोजित रकम प्रमुख प्रशासकीय अधिकृतले नियम विपरित बाँडेको र जसका कारण अहिले गाउँपालिकाको बै‌क खाता शून्य भएको उनले दाबी गरे । 

शिक्षा शाखा प्रमुख वीरेन्द्रबहादुर मल्ल सोरु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा गाउँपालिको रकम  हिनामिना गरेको अध्यक्ष शाहीको आरोप छ । अध्यक्ष शाहीका अनुसार कार्यकारीले आर्थिक वर्ष ०७७/०७८ मा प्राप्त सशर्त अनुदान रकम (एक करोड  ७८ लाख तीन सय २९ रुपैयाँ) तोकिएको क्षेत्रभन्दा अन्य क्षेत्रमा खर्च गरेकाले गाउँपालिकामा कार्यरत अस्थाइ कर्मचारीले १८ र स्थाई कर्मचारी तीन महिनादेखि तलब समेत पाएका छैनन् । 

साथै, कोभिड नियन्त्रणका लागि विनियोजित एक करोड रुपैयाँको खर्च विवरण समेत सार्वजनिक नभएको, सामाजिक सुरक्षाभत्ता पनि वितरण नगरेको अध्यक्ष शाहीको आरोप छ ।

कर्णाली प्रदेश सरकारबाट मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सञ्चालित योजनाहरूको लागत अनुमान अनुसारको कुनै पनि योजना सम्पन्न नगरी पूर्ण रकम भुक्तानी गरेको, विभिन्न योजना तथा कार्यक्रममा उठेको ७० लाख कन्टिजेन्सी रकम कार्यपालिका बोर्ड बैठकको निर्णय, विधि तथा मापदण्ड विपरित दुरुपयोग गरेको प्रचलित कानुनविपरित विभिन्न व्यक्तिहरूलाई करिब दुई करोड ६० लाख पेस्की दिइ सो रकम फर्छ्यौटतर्फ कुनै पहल र प्रकृया सुरू नगरी गाउँपालिकालाई दीर्घकालीन दायित्व सृजना हुने गरी खरिद गरेको उनको भनाइ छ ।

एकातिर निर्वाचित जनप्रतिनधिले पाउनु पर्ने सेवासुविधा २४ लाख रुपैयाँ जनप्रतिनिधिले नपाएको विभिन्न पुराना योजनाका दुई करोड पाँच लाख रुपैयाँ भुक्तानी  हालसम्म नभएको र गाउँपालिकाका सबै खाता शून्य रहेको उनले बताए । अहिले खातामा जम्माा ५२ रुपैयाँ मौज्दात रहेको उनको भनाइ छ । मल्लले गाउँपालिकाको रकम नियमविपरित हिनामिना गरेको भन्दै तत्काल आवश्यक छानबिन तथा कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सामान्य प्रसासन मन्त्रालयमा लिखित पत्रचार गरिसकेको गाउँपालिका अध्यक्ष शाहीले जानकारी दिए । 

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रबहादुर मल्लले आफू कार्यकारी पदमा रहँदा गाउँपालिकाबाट भएका सबै खाले गतिविधि नियम, कार्यआदेशलगायत गाउँपालिका बैठकको निर्णयअनुसार भुक्तानी तथा खर्च गरेको बताए । जतिबेला आर्थिक समस्या परेको हुन्छ त्यतिबेला गाउँपालिकाका कर्मचारीलाई आरोप लगाइृ दु:ख दिने काम गरेको उनको भनाइ छ । नियमविपरित कुनै खाले आर्थिक हिनामिना आफूबाट नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो