भदौ ३, चितवन । चितवनमा फैलिएको स्क्रब टाइफर्सको १ सय ४ जनामा सङ्क्रमण भएको पाइएको छ । 

 जिल्ला जनस्वास्थ्य कर्यालय चितवनले आयोजना गरेको पत्रकार अन्तक्रियामा चितवन मेडिकल कलेजका सञ्चालक डा दयाराम लम्सालले २ सय २२ जनामा गरिएको पर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३, चितवन । चितवनमा फैलिएको स्क्रब टाइफर्सको १ सय ४ जनामा सङ्क्रमण भएको पाइएको छ । 

 जिल्ला जनस्वास्थ्य कर्यालय चितवनले आयोजना गरेको पत्रकार अन्तक्रियामा चितवन मेडिकल कलेजका सञ्चालक डा दयाराम लम्सालले २ सय २२ जनामा गरिएको पर"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक सय चारजनामा ‘स्क्रब टाइफर्स’ सङ्क्रमण

३ भाद्र २०७३, शुक्रबार १०:५३

भदौ ३, चितवन । चितवनमा फैलिएको स्क्रब टाइफर्सको १ सय ४ जनामा सङ्क्रमण भएको पाइएको छ । 

 जिल्ला जनस्वास्थ्य कर्यालय चितवनले आयोजना गरेको पत्रकार अन्तक्रियामा चितवन मेडिकल कलेजका सञ्चालक डा दयाराम लम्सालले २ सय २२ जनामा गरिएको परीक्षणमा १०४ जनामा सङ्क्रमण भएको जानकारी दिए । उनका अनुसार बालबालिकामा बढी सङ्क्रमण देखिएको छ । 

 जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले यसअघि ६७ जनामा सङ्क्रमण भएको सार्वजनिक गरेको थियो । चितवनमा सोही मेडिकल कलेजमा मात्रै रोगको परीक्षण हुँदै आएको छ । केही दिनअघि किट सकिएकाले उपचारमा समस्या भए पनि अहिले भने किट आइपुगेको डा लम्सालले जानकारी दिए । 

 प्रकोप फैलिंदै गएको भए पनि यहाँको भरतपुर अस्पताल र भरतपुर मेडिकल कलेजमा किट ल्याएर परीक्षण हुनसकेको छैन । 

 जिल्लामा २०७३ साल वैशाखपछि अहिलेसम्म उक्त रोगको अवस्था र सङ्क्रमणको बारेमा आज पहिलोपटक जनस्वास्थ्य कार्यालयले तथ्याङ्क सार्वजनिक गरेको हो । जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले जिल्लामा उक्त रोगका कारण एकजना महिलाको मृत्यु भएको जानकारी दिए । 

 यसअघि धरानमा उपचार गरिएका सङ्खुवासभा र भोजपुरका गरी दुई बिरामीको ज्यान गइसकेको छ । नेपालका २० जिल्लामा स्क्रब टाइफर्सका बिरामी भेटिएका छन् । अघिल्लो वर्षबाट आधिकारिक रुपमा नेपालमा सरकारले सङ्क्रमण पत्ता लगाएको हो । 

 मुख्यगरी मुसामा लाग्ने एक प्रकारको सङ्क्रमित किर्नाले टोकेमा यो रोग लाग्छ । टाउको दुख्ने, उच्च ज्वरो आउने, गर्दन र घाँटी वरिपरी मसिना बिबिरा आउने, पसिना आउने, ग्रन्थी सुनिने यसको लक्षण हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने