भदौ ३, नेपालगन्ज । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले आम सञ्चार नीति २०७३ को सफल कार्यान्वयन सरकारले गर्नुपर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३, नेपालगन्ज । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले आम सञ्चार नीति २०७३ को सफल कार्यान्वयन सरकारले गर्नुपर"/>
२८ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

सञ्चार नीतिको सफल कार्यान्वयन हुनुपर्छ: अध्यक्ष विष्ट

३ भाद्र २०७३, शुक्रबार ११:३४

भदौ ३, नेपालगन्ज । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले आम सञ्चार नीति २०७३ को सफल कार्यान्वयन सरकारले गर्नुपर्ने बताउनुभएको छ । 

महासङ्घद्वारा आज यहाँ आयोजित ज्येष्ठ पत्रकार सम्मान तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले मुलुकको सबैखाले सञ्चार संस्थालाई व्यवस्थित र मर्यादित बनाउन सञ्चार नीतिको कार्यान्वयन पहिलो शर्त हुनुपर्नेमा जोड दिनुभयो । 

मुलुक र जनताभन्दा माथि पत्रकार र सञ्चार संस्था हुन नसक्ने स्पष्ट पार्दै अध्यक्ष विष्टले सञ्चार नीतिभित्र अटाउन आनाकानी गर्ने सञ्चारका निकायलाई कारबाहीको दायरामा ल्याउन सरकार कठोर बन्न सक्नुपर्ने सुझाव दिनुभयो । 

त्यस अवसरमा महासङ्घका केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतम, केन्द्रीय लेखा समिति संयोजक दीपक पाण्डे, पूर्व जिल्ला अध्यक्ष नीरज गौतम र हेमन्त कर्माचार्यले पत्रकारितालाई मर्यादित बनाउन महासङ्घले ठोस योजना अघि सार्नुपर्ने धारणा राख्नुभयो । 

कार्यक्रममा बाँके जिल्लाका ज्येष्ठ पत्रकार पन्नालाल गुप्ता, रामगोपाल वैश्य, वासुदेव श्रेष्ठ र गणेश जिसीलाई जनही रु १२ हजार नगदसहित ज्येष्ठ पत्रकार सम्मान प्रदान गरिएको थियो भने भूकम्पमा परी दिवङ्गत हुनुभएका सञ्चार उद्यमी स्व अच्युत प्रसाईंकी धर्मपत्नी मालती शर्मा सुवेदीलाई रु ५० हजार सहयोग उपलब्ध गराइएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ