2026-08-31 11:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले महाधिवेशन : बाग्मतीबाट मात्रै साढे दुई लाख कार्यकर्ता चितवन उत्रँदै

मंसिर ९, मकवानपुर, शिव चौलागाईं | १० मंसिरबाट चितवनमा हुन लागेको नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा बाग्मती प्रदेशका करिब दुई लाख ५० हजार जना सहभागी हुने भएका छन् ।

महाधिवेशनस्थलमा काठमाडौं उपत्यकाबाट ५५ हजार, काठमाडौं विशेषबाट ५० हजार, काभ्रेबाट १५ हजार, चितवनबाट ७५ हजार, मकवानपुरबाट ३५ हजार, नुवाकोटबाट आठ हजार, सिन्धुपाल्चोबाट आठ हजार, धादिङबाट १५ हजार, दोलखाबाट दुई हजार, रामेछापबाट दुई हजार, सिन्धुलीबाट १५ हजार र रसुवाबाट पाँच सय जनाको सहभागिता रहने एमाले बाग्मती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोख्रेलले जानकारी दिए । 

महाधिवेशनमा देशभरबाट पाँच लाख उतार्ने तयारी रहेकोमा करिब आधा मानिस बागमती प्रदेशबाटै सहभागी हुने अध्यक्ष पोख्रेलले बताए । ‘बाग्मती प्रदेशका विभिन्न जिल्ला, काठमाडौं उपत्यकालगायतबाट साढे दुई लाखदेखि तीन जनासम्मको महाधिवेशन उद्घाटन समारोहमा सहभागिता रहनेछ ।’ अध्यक्ष पोख्रेलले भने, ‘देशभरबाट हुने सहभागीमध्ये बाग्मती प्रदेशबाट आधा मानिस आउँनेछन् ।’ 

देशभरबाट दुई हजार नाै सय ९७ जना महाधिवेशन प्रतिनिधि चयन भएकोमा बाग्मती प्रदेशका तीन सय ३२ जना रहका छन् । यसमा मजदुर संगठनबाट पाँच जना, जिफन्टबाट ९६ जना, विद्यार्थीबाट पाँच जना, युवा संघबाट आठ जना, उपत्यका विशेषबाट पाँच जना, बाग्मती सम्पर्क मञ्चबाट ६ जना समेत रहनेछन् । 

महाधिवेशन कारण सार्वजनिक सवारीसाधन अभाव 

चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा जानेहरूलाई ओसार्ना सार्वजनिक सवारीसाधन प्रयाेग भएपछि सर्वसाधारणले सवारीसाधनकाे अभाव महशुत गर्न थालेका छन् । देशभर जम्मा चार हजार बस, सुमोलगायतका सार्वजनिक सवारीसाधन रहेकाेमा ६ हजारभन्दा बढी सवारीसाधन चितवान पुग्ने अनुमान गरिएकाे छ । यसमा करिब दुई हजार वटा निजी सवारीसाधन हुने छन् । प्राय: सवारीसाधन महाधिवेशनका लागि एमालेले बुक गरेकाले अभाव भएको यातायात व्यवसायीहरूको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ