2026-10-23 03:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गच्छदारकाे निर्वाचन क्षेत्रमा कांग्रेस अधिवेशन अनिश्चितकालका लागि स्थगित

मंसिर ९, सुनसरी, प्रकाश तिम्सिना | नेपाली कांग्रेस सुनसरी क्षेत्र नं ३ को मतदान कार्यक्रम अनिश्चितकालसम्मका लागि स्थगित भएको छ । बिहीबार बिहान ९ बजेदेखि निर्वाचन हुने भए पनि विवाद बढ्दै गएपछि मतदान अधिकृत देवनारायण यादवले अर्को सूचना प्रकाशित नभएसम्मका लागी निर्वाचन कार्यक्रम स्थगन गरिएको जानकारी दिएका छन् ।

समयमै मतदान गर्न निर्वाचनस्थल आएका स्थानीय नेता, कार्यकर्ताहरूले मतदान सुरु गर्न माग गर्दै नाराबाजीसमेत गरेका थिए । उनीहरूले निर्वाचन अधिकृतको राजीनामाको माग गर्दै टिके प्रथा अन्त्य हुनुपर्ने बताएका थिए ।

निर्वाचन अधिकृत यादवका अनुसार मतदान कार्य सुरु गर्नुअघि गर्ने मुचुल्का गर्न तथा अन्य कार्यका लागि उम्मेदवार वा प्रतिनिधिहरू कोही पनि उपस्थित नभएकाले मतदान कार्य सुचारु गर्न नसकिएको हो । 

क्षेत्रीय सभापतिका उम्मेदवार मेहेदी हुसेनले मतदान अधिकृतले मतदान कार्य स्थगित गरेको सूचना जारी गरेको र नेताहरू विवाद मिलाउन छलफल गरिरहेको बताए । त्यस्तै महाधिवेशन प्रतिनिधिकी उम्मेद्वार निर्मला चौधरीले तीन दिनदेखि निर्वाचन हुने आसमा बस्न बाध्य भएको बताइन् । 

सुनसरी क्षेत्र नं ३ कांग्रेस उपसभापति विजयकुमार गच्छदारको क्षेत्र हो । यहाँ गच्छदारले आफ्नो पक्षीय उम्मेदवारलाई सहमतिमा नेतृत्वमा ल्याउन खोज्दा निर्वाचन कार्यपालिका नै प्रभावित हुन पुगेको छ । 

गच्छदारले आफ्नो क्षेत्रमा सहमतिअनुसार पूर्व लोकतान्त्रिक फोरमका उम्मेद्वारलाई क्षेत्रीय सभापति बनाउन लागिपरेका थिए । तर कार्यकर्ता तथा जिल्लाका संस्थापन इतर समूहका नेताहरूले नमानेपछि निर्वाचनमा जान बाध्य भएका थिए । 

चुनाव एक दिन थप गरेर ८ गतेलाई तोकिएको थियो । तर उनले निर्वाचन समितिलाई पटक पटक समय थप गर्न माग राख्दै आएका थिए । आफ्नो क्षेत्रमा पछिल्लो समय गच्छदार कमजोर बन्दै गएका छन् । निर्वाचनमा संस्थापन इतर समूहका नेता जिते आफ्नो पक्ष कमजोर हुने देखिएपछि निर्वाचन नगराउन गच्छदार स्वयं लागेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने