२० कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले महाधिवेशन : ऐतिहासिक अवसरमा महिला कमाण्डर पार्वती रावलको सफलता

११ मंसिर २०७८, शनिबार ०३:२३

कुलप्रसाद काफ्ले | मङ्सिर ११, चितवन | नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र शुक्रबार भव्य बन्यो । महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा शुक्रबार लाखौँ मानिस सहभागी भएका थिए । 

एमालेका संस्थापक पुष्पलाल श्रेष्ठ, तलुसीलाल अमात्य र मनमोहन अधिकारीले नेतृत्व गरेको तत्कालीन नेकपाले २०१७ सालमा चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । महाधिवेशन गर्नुअघि नै राजा महेन्द्रले निर्वाचित सरकार बर्खास्त गरी राजनितिक दलहरुमाथि प्रतिबन्ध लगाइदिएपछि एमालेका महाधिवेशन पूरा हुन पाएको थिएन ।

एमालेको चाहना ६१ वर्षपछि पूरा भएको छ । एमालेबाट माधवकुमार नेपालसहितका केही नेता छुट्टिएपछिको एमालेको पहिलो महाधिवेशन चितवनमा भएको हो । चितवनमा जनसागर सहभागी हुनेगरी महाधिवेशन गर्ने मुख्य जिम्मेवारी एमाले चितवनकी अध्यक्ष दिलकुमारी रावल ‘पार्वती’ले पाइन् । चितवनमै भएको कार्यक्रम भएकाले जिल्ला अध्यक्षको भूमिका महत्वपूर्ण थियो । 

देशभरका ७७ वटा जिल्ला कमिटीमध्ये महिला अध्यक्ष भएको जिल्ला कमिटी पनि चितवन मात्रै हो । महिलाले कमाण्ड गरेको एमाले जिल्ला कमिटीले केन्द्रीय नेतृत्वले दिएको जिम्मेवारी पूरा गर्न सफल भएको छ । रावल राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिसमेत हुन् ।


प्रमुख प्रतिपक्षी दलको महाधिवेशन चितवनमा भइरहँदा देशको ध्यान चितवनमै छ । महाधिवेशनको बन्दसत्र आजदेखि सौराहामा सुरु हुँदैछ । 

आयोजक जिल्लाको हिसाबले पनि सकेसम्म कमजोरीरहीत महाधिवेशन गर्न धेरै समिति निर्माण गरेर काम गरिएको रावलले बताइन् । ‘यहाँ रहनुभएका केन्द्रीय तहका नेता, जिल्ला तहका नेता, जनवर्गीय संगठन । यहाँका सुरक्षा निकाय । अन्य दलसँग पनि हाम्रो सहकार्यका साथ महाधिवेशनलाई भव्य बनाउन सफल भयौँ’, उनले भनिन् ।

महाधिवेशन सफल बनाउन सञ्चार माध्यमले पनि राम्रो भूमिका खेलेको उनी बताउँछिन् । यहाँको अर्थतन्त्र उकास्नका लागि पनि महाधिवेशन सफल बनेको उनको भनाइ छ । महाधिवेशनका कारण यहाँको थला परेको पर्यटन गतिविधि पनि चलायमान भएको छ । 

बुटबलमा तय भएको महाधिवेशन अन्तिम समयमा पुगेर ४ कात्तिकमा चितवनमा गर्ने एमालेले निर्णय गरेको थियो । चितवनमा महाधिवेशन गर्ने निर्णय भएपछि यहिँ निर्वाचन क्षेत्र भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई 'सिध्याउनकै लागि एमालेले यहाँ महाधिवेशन गर्न लागेको' बताउँदै आएका थिए ।

महाधिवेशनको उद्घाटन सत्रमा प्रचण्डलाई एमालेले निमन्त्रणा गरेको थियो । तर, उनी आएनन् । प्रतिनिधिका रुपमा लिलामणी पोख्रेललाई पठाए । एमालेको महाधिवेशनलाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विभिन्न दलका अध्यक्ष, विदेशी पार्टीका प्रतिनिधि सहभागी भए ।

पछिल्लो १५ दिन व्यवस्थापनमा अल्लि बढी खटिनु परेको रावलले बताइन् । ‘पाँच लाख जनता उतार्ने एउटा चुनौती थियो र त्यहि अनुसार अल्लिबढी ध्यान दिएका थियौँ’, उनी भन्छिन्, ‘हामीले जिल्लाबाट (चितवनबाट) मात्रै कम्तिमा एक लाख सहभागी गराउने भनेका थियौँ । त्यो लक्ष्य पनि पूरा भएको हामीले पाएका छौँ ।’

महाधिवेशनका लागि चितवन एमालेले जनताको घरघरमा पुगेर भोट माग्ने शैलीमा निमन्त्रणा कार्ड बाँडेको थियो । ‘जिल्ला नेतृत्वमा रहिरहँदा सबै नेता, सबै निकायको सहकार्य र सहयोगले मलाई कुनै अफठ्यारो भएन । मैले यसो गरौँ भन्दा सबैको साथ रह्यो’, उनले भनिन् ।

पूर्वबाट आएका गाडी टिकौलीमा र पश्चिमबाट आएका गाडी गैंडाकोट थुम्सिमा अड्किएका थिए । व्यवस्थापन र सहभागिताका हिसाबले महाधिवेशनको उद्घाटन सत्र भव्य रुपमा सम्पन्न गर्न सफल बनिएको उनी बताउँछिन् ।

‘निजी गाडीमा आउनुभएका गाडी लिएरै कार्यक्रम स्थलको नजिकै जान खोज्दा पनि ट्राफिक व्यवस्थापनमा केहि  कठिनाइ भयो’, उनले भनिन्, ‘साँघुरो बाटोमा धेरै सहभागीका कारण चाँहि असुविधा भएको सूचना प्राप्त भयो ।’ मञ्चबाट टाढा बस्ने सहभागीका लागि ठाउँ–ठाउँमा डिस्प्ले राखेर लाइभ प्रसारण गरिएको थियो । 

महाधिवेशनका लागि उर्लिएको जनसागरका कारण नारायणगढ र भरतपुर क्षेत्रमा शुक्रबार दिनभर यातायात ठप्प बन्यो । जिर्ण नारायणी पुलमा समेत मान्छेको ठेलमठेल रहेको थियो । महाधिवेशनबाट फर्किएका गाडीका कारण शुक्रबार राति १० बजेसम्मै सडकमा सवारी साधनको लामो जाम लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमका जनता अहिले शेरबहादुर देउवाको नामसमेत सुन्न तयार छैनन् : सिंह काभ्रेमा आफ्नै छोराद्वारा लोहोरो प्रहार गरी आमाको हत्या रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति प्रधानमन्त्री ओली अस्वस्थ रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राख्न माग प्रचण्डद्वारा रवि लामिछानेको समर्थन, संसदीय समितिले सफाइ दिएको दाबी रवि लामिछानेको म्याद थपबारेको बहस सकियो रास्वपाको प्रदर्शनबाट ६ कार्यकर्ता प्रहरी नियन्त्रणमा शुक्रबारदेखि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द रहने रविको हिरासत म्याद थप्न कास्की अदालतमा सुनुवाइ सुरु पोखरामा रवि समर्थकले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार लिग–२ : स्कटल्यान्ड र नेपालबीचको खेल रद्द आज एकैदिन २ हजार ८ सयले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? आगरामा भारतीय वायुसेनाको लडाकु जहाज दुर्घटना, पाइलट र को-पाइलटले जोगाए ज्यान पञ्चायतदेखि अहिलेसम्म नेपाल भूमिगत गिरोहबाट चलिरहेको छ: अर्थविद् डा. न्यौपाने इन्टरपोलको रेड नोटिस जारी भएकी एक युवती कम्बोडियाबाट पक्राउ साउदी अरबमा भेटियो करिब चार हजार वर्ष पुरानो शहर प्रधानमन्त्री ओलीको हत्या गर्न उक्साउने रतन कार्की प्रहरी निगरानीमा रविबारे तोसिमाको प्रश्न : पर्याप्त‌ बयान नलिने, म्याद‌ थपिरहने ? बलिवुडका दुई चर्चित फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ कति कमाए ३ दिनमा ?