२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छिमेकीको कुकुरले खाइदियो मोडलको ओठ, उपचार गर्न ५ करोड लाग्ने

११ मंसिर २०७८, शनिबार ०९:३९

काठमाडौं,  एजेन्सी | कुकुरको आक्रमणको शिकार भएकी क्यालिफोर्नियाकी एक मोडलले करिब ५ करोड रुपैयाँ खर्च गरेर आफ्नो सर्जरी गराएकी छिन् । २२ वर्षकी ब्रुकलिन खौरी नामक यी मोडललाई एक आफन्तको कुकुरले माथिल्लो ओठ र नाकको तलको भाग खाइदिएको थियो । ब्रुकलिनका अनुसार यो घटना गएको वर्ष २०२० को नोभेम्बर ३ मा भएको थियो ।

मोडलका अनुसार उनीसँगै भउको कुकुरको टाउकोमा उनले सुम्सुम्याउँदा कुकुरले अचानक उनीमाथि आक्रमण गरेको थियो । ब्रुकलिनका अनुसार त्यस दिन उनले आफ्नो करिअरकै पहिलो टेलिभिजन विज्ञापन सुटिङ गर्ने कार्यक्रम थियो । तर, त्यही दिन कुकुरले आक्रमण गरेपछि उनले त्यो विज्ञापन त छोड्नु पर्यो नै उनलाई आफ्नो करिअर नै समाप्त भएको महसुस भयो किनकि कुकुरको आक्रमणले उनको अनुहार नराम्रोसँग बिग्रिइसकेको थियो ।

तर ब्रुकलिनले हिम्मत हारिनन् । उनले ओठ र नाकको सर्जरी गराउने निर्णय गरिन् । उनले यसको जानकारी आफ्नो युट्युब च्यानलमार्फत दिएकी छिन् । उनका अनुसार उनले घटनाको करिब १ वर्षपछि सर्जरीको लागि सही चिकित्सक पाइन् र सर्जरी गराइन् । क्यालिफोर्निया न्यूज टाइम्सका अनुसार सर्जरीको प्रक्रिया सुरु गर्ने बेलामा उनले भनिन् ‘म फेरि ठिक हुनको लागि तयार छु । मलाई आशा छ यो सर्जरीपछि मेरो पहिलेको मुस्कान फेरि आउनेछ । घाउका कारण मेरो करिअरमा जुन ब्रेक लाग्यो मलाई त्यसको दुःख छ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत