२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

करार शिक्षकहरु आन्तरिक प्रतिस्पर्धामार्फत् स्थायी गरिनेछ : शिक्षामन्त्री

१४ मंसिर २०७८, मंगलवार ११:३९

मंसिर १४, काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका करार शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धामार्फत् स्थायी गरिने बताएका छन्।

त्रिभुवन विश्वविद्यालय सभाको साधरण बैठकलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री पाैडेलले यस्ताे बताएका हुन्। उनले भने, ‘करार शिक्षहरुको लागि आन्तिरक प्रतिस्पर्धामार्फत् स्थायी गरिनेछ। प्रतिस्पर्धामा सफल हुन नसक्नेहरुको लागि राहतको व्यवस्था गरी अवकाश दिने प्रक्रिया मिलाउँछु ।’

विश्वविद्यालयको सहकुलपति समेत रहेका मन्त्री पौडेलले गुणस्तरीय शिक्षाका स्थापित मान्यतालाई आत्मसाथ गर्दै विश्वविद्यालयमा कार्यरत आंशिक तथा अन्य शिक्षक तथा कर्मचारीहरुको सेवाका शर्त र निवृतिभरणको सुविधाको सुनिश्चतता गर्ने प्रतिबद्धता व्यक्त गरे।

शैक्षिक वर्ष नबिथोलिने गरी विश्वविद्यालयले कार्य योजना बनाएर अगाडी बढाउन मन्त्री पौडेलले निर्देशन समेत दिए । उच्च शिक्षालाई समय सापेक्ष, बजारमुखी र विश्वबजारमा प्रतिस्पर्धी बनाउनेतर्फ विश्वविद्यालयले ठोस योजनाका साथ अगाडी बढ्नुपर्ने आवश्यकता रहेको बताउँदै अध्ययन अनुसन्धान नियमित पठनपाठनमार्फत् प्रवर्द्धन गरी जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताए।

उनले त्रिभुवन विश्वविद्यालयले वर्षैपिच्छे बढ्दै गएको बेरुजु कम गर्दै गत एक वर्षमा ६ अर्बभन्दा बढी बेरुजु सम्परीक्षण गरेको भन्दै प्रशासनिक तथा सुशासनको मामलामा खरो उत्रेको बताए। वर्तमान युग सुहाउँदो जनशक्ति उत्पादन गर्न र विश्वविद्यालयलाई अझ प्रतिस्पर्धी बनाउन कार्यरत कर्मचारी एवम् प्राध्यापकहरुलाई निरन्तर सेवाकालीन तालिम दिएर क्षमता अभिवृद्धि गर्ने काममा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य