२६ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

चिकित्सक र उपकरण अभावले थला परेको रुम्जाटार अस्पताल

१६ मंसिर २०७८, बिहीबार ०३:३६

मंसिर १५, ओखलढुंगा, न्युज कारखाना | जिल्ला अस्पताल रुम्जाटारमा गम्भीर प्रकृतिका बिरामीलाई उपचार सेवा लिन निकै सास्ती हुने गरेको छ । अस्पतालमा उपचार सम्भव नभएपछि सदरमुकामस्थित सामुदायिक अस्पताल वा राजधानी रेफर गरिन्छ । सामान्य शल्यक्रियासमेत अस्पतालमा हुँदैन ।

सरकारी अस्पतालमा उपचार नहुने भएपछि बिरामी प्रारम्भिक उपचार गर्नसमेत रुम्जाटार अस्पताल पुग्दैनन् । रुम्जाटार अस्पतालले सामान्य औषधी तथा चेकजाँच र शव पोस्टमार्टमलगायतका सेवा मात्रै दिँदै आएको छ । 

सरकारी निकायको बेवास्ताले नागरिकलाई नि:शुल्क उपचार सेवा दिन स्थापना गरिएको अस्पतालका अधिकांश बेड खाली हुन्छन् । समाचार संकलनका क्रममा अस्पताल पुग्दा १५ मध्ये १४ बेड खाली थिए । यसबारेमा जिज्ञासा राख्दा एक स्वास्थ्यकर्मीले भने, 'बेडमा भर्ना हुन त कमै आउने गर्छन् । यहाँ दक्ष जनशक्ति र उपकरण नहुँदा बिरामीलाई अन्यत्र रेफर गर्ने गरेका छौं ।'

खरिद गरिएका उपकरण अलपत्र 

१५ सैय्याको अस्पतालमा दक्ष जनशक्ति र उपकरण व्यवस्थापन नहुँदा नागरिकले उपचार सेवा पाएका छैनन् । अस्पतालमा रहेका करोडौं मूल्य बराबरका उपकरण प्रयोगविहीन बनेका छन् । गत आर्थिक वर्षमा कोभिड संक्रमणको उच्च जोखिमको बेला खरिद गरिएका उपकरणहरू तीन महिना बित्दा पनि जडान भएका छैनन् ।

दुईवटा भेन्टिलेटर, पाँचवटा आइसियु बेड, एउटा पिसिआर मेसिन खरिद गरेर ल्याएपछि खोलिएको समेत छैन । अक्सिजन प्लान्ट कात्तिकभित्र जडान गरी अक्सिजन उत्पादन गर्ने भनेर ठेक्का लगाइएको थियो । हालसम्म जडान भएको छैन । यी सबै उपकरण करिब १ करोड ७२ लाख बराबरको हो ।

जिल्ला अस्पतालमा सामान्य शल्यक्रिया कक्षसमेत छैन । कोभिडको संकट दुई चरणमा फैलिएको बेला पिसिआर गर्नका लागि काठमाडौं, धुलिखेल, धरान, विराटनगर सम्म स्वाब संकलन गरेर पठाइएको थियो । सोही समस्या समाधान गर्ने उद्देश्यले जिल्ला अस्पतालमै पिसिआर मेसिन खरिद गरे पनि त्यसका लागि जनशक्ति र व्यवस्थापनको अभाव देखिएको छ । 

उपकरण प्रयोगमा नआउनुको कारणबारे जिल्ला अस्पतालकी सूचना अधिकारी उमा गुरुङले भनिन्,  ‘पिसिआर मेसिन राख्ने कक्ष बनाउनै ५० लाखभन्दा बढी बजेट चाहिने रहेछ ।’ 

जनशक्ति अभाव 

आइसियु बेड र भेन्टिलेटर समेत जडान गरेर सञ्चालन गर्ने जनशक्ति अस्पतालमा छैन । अस्पतालमा एमडिजिपि तहको मेडिकल सुपरिटेन्डेन्टको दरबन्दी भए पनि एमबिबिएस मात्र छन् । एक जना स्थायी एमबिबिएस र डेन्टलसहित गरेर अस्थायी चार जना एमबिबिएस चिकित्सक छन् । भएकै चिकित्सकले पनि उपकरण प्रयोगमा नहुँदा आफ्नो दक्षता अनुसारको सेवा दिन सकेका छैनन् ।

शल्यक्रिया गरेर प्रसूति गराउनुपर्ने अवस्थामा हामीले रेफर गर्नुपर्ने अवस्था रहेकाले निकै जोखिम रहेको  जिल्ला अस्पतालका प्रमुख डा. अनिल आचार्यले बताए । उनले भने, ‘हामीसँग अप्रेशन थिएटर छैन । त्यसका लागि आवश्यक व्यवस्थापन पनि छैन ।'

सामान्य उपचार गराउने भन्दा अरू क्षमता अस्पतालमा नभएकाले प्रदेश सरकारले थप जनशक्तिका लागि विशेषज्ञ चिकित्सकको दरबन्दी पठाएर सञ्चालन गर्न सके जिल्ला अस्पतालको सेवा गुणस्तरीय र प्रभावकारी हुने आचार्यले बताए ।

हाल जिल्ला अस्पतालले पोषण पुनर्स्थापना, मानसिक स्वास्थ्य परामर्श, डेन्टल, पोस्टमार्टम लगायतका सेवा उपलब्ध गराउँदै आएको छ । १५ सैय्याको अस्पतालको भौतिक संरचना करोडौं लागतमा विशाल आकारमा निर्माण भइरहेको छ । तर, संरचना अनुसारको सेवा नदिँदा सर्वसाधारण जिल्ला अस्पतालमा भर पर्न सकेका छैनन् ।

गाउँमै जिल्ला अस्पताल छ भनेर ढुक्क हुने अवस्था नभएको रुम्जाटारका प्रेम गुरुङले बताए । उनले भने, ‘केही रोग बिमार भइहालेमा मिसन अस्पताल पुगिहाल्नुपर्छ र उस्तै इमर्जेन्सी भएमा सक्नेले हेलिकप्टरमा काठमाडौं पुगाउँछन् ।’ दर्जनौंको संख्यामा स्वास्थ्यकर्मी र कर्मचारी भए पनि जिल्ला अस्पतालले आफ्नो स्तर अनुसारको सेवा नदिएको जिल्लावासीको गुनासो छ ।

सदरमुकाममै ओखलढुंगा सामुदायिक अस्पताल मिसन अस्पतालमा दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउँछन् । तर, नि:शुल्क सेवा दिने जिल्ला अस्पतालमा मुस्किलले दैनिक २० देखि २५ जना बिरामी आउने गरेको अभिलेख छ ।   

उपकरण खरिद भयो बजेट आएन 

प्रदेश सरकारले जिल्ला अस्पताललाई उपकरणहरू खरिद गर्न निर्देशन दियो । संघीय सरकारबाट बजेट सुनिश्चित भएकोले उपकरण खरिद गर्न निर्देशन दिएपछि जिल्ला अस्पतालले ठेक्का प्रक्रियाबाट उपकरण खरिद गर्‍यो ।

‘पिसिआर, भेन्टिलेटर, आइसियु बेड ठेक्का लागेर ल्याएको महिनौं भयो,’ अस्पतालकी सूचना अधिकारी उमा गुरुङले भनिन्, ‘ठेकेदारले पैसा मागेर हैरान पारिसके तर यता संघीय सरकारबाट बजेट प्राप्त भएको छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्रै हो : प्रधानमन्त्री ओली सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो केपी शर्मा ओलीले एमालेलाई कसैले हल्लाउन नसक्ने बताए राप्रपाका नेता कार्यकर्ताहरुले बल्खुमा सभा सकिएपछि आफैँ सडक सफा गरे नेपाल शिक्षक महासंघ आन्दोलनको समीक्षा गर्न बैठकमा जुटे नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रूप दिने मंगलबारदेखि बिहीबारसम्म देशका विभिन्न स्थानमा वर्षाकाको सम्भावना राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश यही अवस्थामा जान सक्ने अवस्था नरहेको बताए हत्यापश्चात साधुको भेषमा लुकिछिपी बसेका अपराधी १७ वर्षपछि पक्राउ सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा लिन परिवारकै राष्ट्रिय परिचयपत्र अनिवार्य विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालमा मातृ मृत्युदर घटेको जनाए दीपकबहादुर सिंहले देश बचाउनका लागि राजा फर्काउनुबाहेक अरु विकल्प नरहेको बताए भाटभटेनीमा चोरी गर्ने र तीनकुनेमा आगो लगाउने पूर्वमाओवादी रहेको आरोप : ज्ञानबहादुर शाही राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुमा आफ्नो सभास्थल नजिक रहेका घरधनीहरूलाई चनाखो रहन आग्रह गरे संयुक्त राष्ट्रसंघको आयोगमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको सम्बोधन शिक्षकहरूले मोबाइलको टर्च बालेर सरकारको विरोध गरे तीनकुने हिंसामा मारिएका सुरेश र सविनको परिवारलाई भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले नगद सहयोग गरे माधव कुमार नेपालले उपराष्ट्रपति बनिसकेका पासाङ माओवादी केन्द्रको उपाध्यक्ष बनेपछि विरोध गरे  राजतन्त्रको औचित्य छैन : माधवकुमार नेपाल