१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

लिम्पियाधुरामा माओवादी केन्द्रको भव्य सम्मेलन सम्पन्न

१८ मंसिर २०७८, शनिबार ०७:३८

मंसिर १८, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा पर्ने व्यास गाउँपालिकामा सम्मेलन सम्पन्न गरेको छ। लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र अन्तर्गत पर्ने व्यास गाउँपालिकामा पुगेर माओवादी केन्द्रले भव्यताका साथ पहिलो पटक पालीका सम्मेलन गरेको हो।

लामो समयसम्म कुनै पनि पार्टीले यो ठाउँमा सम्मेलन गर्न सकेको छैन। धनसिंह कुवरको नेतृत्वमा पालीका स्तरीय ५५ सदस्यीय समिति गठन गरिएको छ। सम्मेलनमा माओवादी केन्द्रका सुदूरपश्चिमका सह-इन्चार्ज लक्ष्मणदत्त जोशी, सुदूरपश्चिम सरकारका उद्योग, पर्यटन तथा वातावरणमन्त्री मानबहादुर धामी, दार्चुला जिल्ला मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी लगायत स्थानीय नेताहरू सहभागी भएका थिए। सम्मेलनबाट लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र भूमि नेपालको हो भनेर सन्देश प्रवाह भएको सहभागी एक नेताको भनाई छ।

यसअघि यो क्षेत्रमा कुनै पनि राजनैतिक दलहरूले सम्मेलन गरेका छैनन्। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्वमा बनेको सरकारले लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको नक्सा प्रकाशन गरेको थियो। उक्त भूभाग समेटिएको नक्सा पाठ्यपुस्तकमा छाप्ने प्रक्रिया तत्कालीन शिक्षामन्त्री गरीराजमणि पोखरेलले अगाडि बढाएका थिए। तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा उक्त प्रक्रिया रोकिएको थियो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन