2026-09-19 06:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा कहिले ?

मंसिर १९, काठमाडौं | राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा माघ २ र ३ गते सञ्चालन गर्ने भएको छ । बोर्डले गत शुक्रबार सार्वजनिक नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउने भएका हुन् ।

राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै अन्य सबै विषयमा सी प्लस वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा सी वा डी प्लस ग्रेड प्राप्त गरेका परीक्षार्थीले उक्त दुई वा ती मध्ये कुनै एक विषयमा ग्रेड वृद्घि परीक्षा दिनसक्ने जनाएको छ ।

अन्य सबै विषयमा डी प्लस वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा डी वा ई ग्र्रेड प्राप्त गर्ने वा अनुपस्थित भएका परीक्षार्थीले उक्त दुई विषयमा ग्रेड वृद्घि परीक्षा दिन सक्ने जनाएको छ ।

परीक्षा दिउँसो ११ बजेदेखि दुई बजेसम्म सञ्चालन गर्ने भएको छ । रजिष्ट्रेसन नम्बरको सुरुको दुई अंक ७७ भएका र बोर्डको मापदण्ड पूरा गरेका परीक्षार्थीहरुलाई बढीमा दुई विषयमा मात्र ग्रेड वृद्धि परीक्षामा सम्मिलित हुन पाउने व्यवस्थासहित ग्रेडवृद्धिको परीक्षा सञ्चालन गर्ने भएको हो ।

परीक्षामा सामेल हुन चाहने विद्यार्थीले सम्बन्धित विद्यालयका प्रधानाध्यापकबाट प्रमाणित गराई आगामी पुस १८ गतेभित्र आवेदन फारम भरिसक्नु पर्नेछ । विद्यार्थीले दोब्बर शुल्कसहित पुस २२ गते सम्ममा फारम विद्यालयमा बुझाउनु पर्ने बोर्डले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई