भदौ ४, पर्वत । विश्वका धेरै देशलाई समृद्ध बनाउन जुटेका नेपाली बैज्ञानीकलाई देश समृद्ध बनाउने अभियानमा जुटाउनको लागि राष्ट्रिय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ४, पर्वत । विश्वका धेरै देशलाई समृद्ध बनाउन जुटेका नेपाली बैज्ञानीकलाई देश समृद्ध बनाउने अभियानमा जुटाउनको लागि राष्ट्रिय"/>
२०८३, १२ जेष्ठ मंगलवार
काठमाडौँ - KTM

नेपाली बैज्ञानिक एक गर्न केन्द्रको आवश्यकता: महाविर

२०७३, ४ भाद्र शनिबार ०८:५९

भदौ ४, पर्वत । विश्वका धेरै देशलाई समृद्ध बनाउन जुटेका नेपाली बैज्ञानीकलाई देश समृद्ध बनाउने अभियानमा जुटाउनको लागि राष्ट्रिय आविष्कार केन्द्रको आवश्यकता रहेको महाविर पुनले एक कार्यक्रममा बताएका छन् । 

धेरै देशको विकास र समृद्धिको लागि लागि परेका नेपाली बैज्ञानीकलाई आफ्नै देशको विकासको लागि जुटाउनको लागि राष्ट्रिय आविष्कार केन्द्रको आवश्यकता रहेको उनको तर्क छ । 

शनिबार म्याग्दीमा आयोजना भएको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । पुनले नेपाललाई समृद्ध र रोजगार सहित आत्मनिर्भर नेपाली बनाउन तथा विज्ञानप्रविधिसँग नजिक गराउनको लागि राष्ट्रिय आविष्कार केन्द्रको स्थापनाको लागि जुटेको बताए ।

उनले नेपालका बैज्ञानिकहरु विश्वका धेरै देशलाई समृद्ध बनाउने अभियानमा लागेको स्मरण गदैं नेपालमै फर्किएर काम गर्ने वातावरण बनाउन आफुँले आविष्कार केन्द्रको स्थापनामा जुटेको दाबी गरेका छन् । 

‘जनताको सहयोगबाट केन्द्र स्थापनामा जुटेको छु । सरकारले ४ बर्ष आश्वासन मात्रै दियो, सहयोग गरेन्’ उनले भने । केन्द्र स्थापनाको पहिलो चरणमा ५० करोड संकलन गरेर १० मेगावाट विद्युत उत्पादन गर्ने र त्यसबाट भएको आम्दानीलाई केन्द्रको स्रोत ब्यवस्थापनमा लगाउने बताए । ‘ एकबर्षमै देश कायापलट हुदैन । 

यो अभियानले ३० बर्षमा देशको मुहार फेर्छ’ उनले भने । पुनले केन्द्रको स्थापना, विगत, वर्तमान सहित भविस्यमा गर्ने योजनाका बारेमा समेत सुनाएका थिए । कार्यक्रममा सहभागिले आर्थिक सहयोग समेत गरेका थिए । 

म्याग्दीको राम्चे गाविसमा जन्मिएका पुनले उत्तरी क्षेत्रमा बेतारे इन्टरनेट सहित स्वास्थ्यको क्षेत्रमा खेलेको भूमिकाका आधारमा सन् २००७ मा एशियाको नोबेल पुरस्कार भनेर समेत चिनिने म्यागासेसे पुरस्कारबाट समेत सम्मानित भएका थिए । 

पुनले केन्द्र स्थापनाका लागि कास्की जिल्ला बेगनास तालको उत्तरपट्टीको ठुलाकोट भन्ने डाँडामा २० बर्ष अगाडी खरिद गरेको २८ रोपनी समेत केन्द्रको स्थापनामा प्रयोग गर्ने घोषणा समेत गरेका थिए । 

बेनीमा भएको राष्ट्रिय आविष्कार केन्द्र स्थापनार्थ अभियानलाई म्याग्दी जिल्लाबासीले आफ्नो पहिचान भएकाले जस्तो सुकै सहयोग गर्ने तयार रहेको बताएका छन् । 

प्रजिअ केशवराज आचार्यले खोज र  अनुसन्धान चुनौतीपुर्ण र धेरै लगानी लाग्ने भएता पनि युगअनुसारको परिर्वतनकारी रहेको तर यसमा राज्यबाट सहयोग नहुनु आफैमा दुखत भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा