३ मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मध्यपश्चिम विश्वविद्यालयले सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधिको सम्मान गर्ने

२१ मंसिर २०७८, मंगलवार ०५:५७

मंसिर २१, काठमाडौँ | मध्यपश्चिम विश्वविद्यालयले शताब्दीपुरुष सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधिबाट सम्मान गर्ने भएको छ ।

विश्वविद्यालयको प्राज्ञिक परिषद्को बैठकले कर्णालीको भाषा, लोक संस्कृति, कला साहित्य र इतिहासको क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानस्वरुप मानार्थ महाविद्यावारिधिको सम्मान गर्ने निर्णय गरेको हो । काठमाडौँमा दीक्षान्त समारोह आयोजना गरी जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गर्ने विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले वरिष्ठ संस्कृतिविद् जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधिबाट सम्मान गर्ने औपचारिकपत्र हस्तान्तरण गरिसकेको जानकारी दिए।

उपकुलपति सिंहका अनुसार जोशीको नेतृत्वमा कर्णालीको लोक संस्कृति, लोकवार्ता र इतिहासको अध्ययन, अनुसन्धानमा सहयोग पुर्‍याउने अन्य चार जनालाई पनि विश्वविद्यालयले सम्मान गर्ने छ । बिहारीकृष्ण श्रेष्ठ, स्वर्गीय प्रदीप रिमाल, स्थिरजङ्गबहादुर सिंह र चुडामणि बन्धुलाई कदरपत्र प्रदान गरिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ ले कति कमायो ? सुदूरपश्चिम रोयल्सले धनगढीमा गर्यो भव्य र्‍याली दमननाथ ढुंगानाएक ऐतिहासिक व्यक्तित्व हुनुुहुन्थ्यो : अध्यक्ष दाहाल सी चिनफिङ र जो बाइडेनबीच भेट, ट्रम्पसँग सहकार्य गर्ने विषयमा छलफल पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ? चेक बाउन्स मुद्दामा कैद सजाय सुनाइएका गुण्डा नाइके सत्यमान पक्राउ ‘पुष्पा २’ को ट्रेलर रिलिज कार्यक्रममा अल्लू अर्जुनका फ्यानमाथि लाठीचार्ज भ्रष्टाचार मुद्दामा सफाइ पाएका पूर्व मुख्यसचिव अर्यालले दिए राजीनामा ‘ह्रस्व दीर्घ’को प्रवर्द्धन गर्न नेपाल आए प्रदीप पाँच दिनपछि उठाइयो नगरकोटी दप्पतीको शव, ५२ लाख क्षतिपूर्ति दिने सहमति कर्मचारी कार्यालय पुगिसकेपछि सार्वजनिक बिदा आज बढ्यो सुनचाँदीको भाउ! पृथ्वीराजमार्ग आजदेखि २० दिनसम्म दैनिक चार घण्टा बन्द हुने महिला मृत्युदर घटाउन निःशुल्क ‘एचपीभी’ खोप दिइने उप–निर्वाचन: आज उमेदवारको विरोधमा उजुरी दिन सकिने दुईवटा संसदीय समितिको बैठक बस्दै ,यस्ता छन् कार्यसूची युइएफए नेसन्स लिगमा इंग्ल्याण्डको ५–० गोलको फराकिलो जित मन्त्रिपरिषदको बैठक आज बस्दै सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर सानोगौचरणमा श्रद्धाञ्जलीका लागि राखिँदै