नन्दराम जैशी/भदौ ५, जुम्ला । जुम्लाको मालिकाठाँटा गाविसमा काँचो पिठो खाएर एक धामीको ज्यान गएको छ । 

मालिकाठाँटा खोप्री गाउँका ५५ वर्षका धामी लालबहादुर थापाको काँचो पिठो खाँदा स्वासप्रस्वासमा समस्या आएर ज्यान गएको कर्णाली स्वास्थ्य व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/भदौ ५, जुम्ला । जुम्लाको मालिकाठाँटा गाविसमा काँचो पिठो खाएर एक धामीको ज्यान गएको छ । 

मालिकाठाँटा खोप्री गाउँका ५५ वर्षका धामी लालबहादुर थापाको काँचो पिठो खाँदा स्वासप्रस्वासमा समस्या आएर ज्यान गएको कर्णाली स्वास्थ्य व"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउता चढेको भन्दै काँचो पिठो खाएर धामीको मृत्यु

५ भाद्र २०७३, आईतवार ०२:५५

नन्दराम जैशी/भदौ ५, जुम्ला । जुम्लाको मालिकाठाँटा गाविसमा काँचो पिठो खाएर एक धामीको ज्यान गएको छ । 

मालिकाठाँटा खोप्री गाउँका ५५ वर्षका धामी लालबहादुर थापाको काँचो पिठो खाँदा स्वासप्रस्वासमा समस्या आएर ज्यान गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जानकारी दिएको छ । प्रतिष्ठानका डाक्टर राजेन्द्र मणिगिरीँका अनुसार खाएको पिठोले स्वास प्रश्वासमा समस्या परेपछि एस्पाइरेसन भयो र बचाउन नसकिएको हो । 

लालबहादुर इमेल्चा गडी मन्दिरका मुल धामी हुन् । देउता चढेको बेला काँचो पिठो खाएका उनको घाँटीमा पिठो अड्कीएर  ज्यान गएको स्थानीय मोतिराम वुढाले बताए ।

जुम्ला जाजरकोटको सिमानामा पर्ने पाटनामा रहेको नदैडाव तिर्थ गएका उनी आफ्नै गाउँ नजिकैको नदै गुफाको तिर्थमा समेत नाच्न भ्याएका थिए । उनले नदै गुफामा पूजा समेत गरेका थिए । 

त्यसपछि मालिकाठाँटा गाविसको ६ वडामा रहेको लामा विष्णुको मन्दिरमा पूजापाठ गर्न आएको बेला उनी निकै लामो समयसम्म धामी नाचेका थिए । 

‘उनले देउता चढेको भन्दै काँचो पिठो खाएपछि घाँटीमा अड्कियो’ ‘अघिपछि पूर्णिमामा उनले काँचो पिठो निकै खान्थे, केही हुन्थेन तर यो पटक काँचो पिठोले उनलाई मृत्युको मुखमा पुर्यायो, स्थानीय बासिन्दाले बताए,’ ।

उनलाई स्वास्थ्य चौकी मालिकाठाँटामा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रिफर गरिएको थियो । 

खाना नलिवाट नछिरेको खाना स्वासनलिमा आएर अड्किए पछि उनको ज्यान गएको मेडिकल डाईरेक्टर डाक्टर निरेसा थापाको भनाइ छ । दुई वर्ष अघि जुम्ला कालिका खेतु महावै पाथर खोलाका धामी जनकबहादुर शाहीले फलाम निलेर प्रतिष्ठानमा आएपछि डाक्टर निरेश थापाको नेतृत्वको टोलीली सफल अप्रेशन गरी बचाएका थिए । ‘तर यो पटक स्वासप्रश्वासमा समस्या भएकोले बचाउन नसकिएको डाक्टर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ