पुस ३, काठमाडौँ | नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमा केन्द्रीय सदस्य पिछडिएको क्षेत्र (खुला) एक पदमा अर्जुनजंगबहादुर सिंह विजयी भएका हुन्।
शुक्रबार सम्पन्न मतपरिणामअनुसार सिंह दुई हजार ५७७ मत प्राप्त गरी विजयी भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
उनका निकटतम प्रतिस्पर्धी दीपकजंग शाहले दुई हजार ५६ मत प्राप्त गरेका थिए। मतदानमा जम्मा चार हजार ६७२ मत खसेकामा ३९ मत बदर भएको थियो।