१७ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहमति पालना गर्ने र नगर्ने नेताहरू

३ पुष २०७८, शनिबार ११:१३

पुस ३, काठमाडौँ | २०७२ को संविधान बनेपछि सत्ता गठवन्धन एमालेलाई प्रधानमन्त्री दिने भनेर गरेको सहमति स्व. सुशील कोइरालाले लत्याएका थिए। र, सरकारको सत्ता परिवर्तन गर्न आनाकानी गर्दा बेक्कारमा समय व्यर्थमा बिताएर पदबाट हटेका थिए । यही कारणले नेपाली कांग्रेस सबै संवैधानिक प्रमूख पदहरु गुमाउन पुग्यो।

त्यसपछि एमाले र माओवादीको सरकार बन्यो,  केपी शर्मा ओली प्रधानमन्त्री बने । सभामुख, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपसभामुख सबै पद नेपाली कांग्रेसले गुमाउन पुग्यो, बाम गठवन्धनले कब्जा गर्यो। त्यो बेला ओली र प्रचण्डबीच पनि ९/९ महिना सरकार आलोपालो चलाउने भनेर सहमति भएको थियो तर ओलीले पनि त्यो सहमति पालना गरेनन् । माओवादी एवम् नेपाली कांग्रेस मिलेर उनलाई अविश्वासको मतबाट सत्ताच्युत गर्न लागेपछि ओली हटे। त्यसपछि नेपाली कांग्रेस र माओवादीकाे सरकार बन्यो।

माओवादीका पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बने । प्रचण्डले प्रधानमन्त्री र सरकार सफलतापूर्वक संचालन गरे । यिनीहरुबीच पनि सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो। र, प्रचण्डले आफूले गरेको सहमति बमोजिम समय पूरा हुनासाथ शेरबहादुरलाई प्रधानमन्त्रीमा समर्थन गर्दै सहजै सत्ता हस्तान्तरण गरे ।

त्यही प्रम शेरबहादुरले माओवादी मन्त्रीलाई जिम्मा नदिएर हल्लाएर राख्न विनाविभागीय मन्त्रीमा राखेर र विनाकाममा अन्य दलका मन्त्रीहरु थपेर इतिहासमै ६४ जनाको अभूतपूर्व र अभविश्यवाला जम्बो मन्त्रिमण्डल बनाए । त्यो सरकारले ०७४ सालमा गणतान्त्रिक संविधानको पहिलो चुनाव पनि सम्पन्न गर्यो।

निर्वाचनमा एमाले र माओबादीको चुनावी मोर्चाबाट बामपन्थी लहर आयो। चुनावमा नेपाली कांग्रेस पत्तासाफ भयो । सबै जसो देउबाका मन्त्रीहरू चुनावमा नराम्ररी हारे र नेपाली कांग्रेसले नराम्ररी जनमत गुमायो । नेपाली कांग्रेसकाे चुनावमा नराम्राे हार ब्यहाेरे पनि शेरबहादुरले तत्कालै सरकार छाडेनन्। विभिन्न बहानामा सत्ता लम्बाईरहे। जनमत गुमाई सकेर पनि भटाभट सरूवा, नियुक्ति आदि गर्दै गए।

चुनावपछि करिब दुईतिहाई बहुमतसहित नेकपा एमाले र माओबादीबीच समझदारी गरेर आलोपालो सरकारको नेतृत्व गर्नेगरी ०७४ फागुन ३ गते ओली पुनः प्रधानमन्त्री बने। यिनी सत्ता हात पारेपछि मात्तिँदै गए। दुई पटक संसद भंग गर्दै दुई पटक नै मध्यावधि चुनावकाे समेत घोषणा गरे।

साे क्रममा एमाले भित्रकै र विपक्षीदलहरू मिलेर संसद ब्युँताएर ओलीलाई बालकाेटकाे बार्दली पुर्याए। प्रदेशबाट पनि ओलीहरूलाई खेदेर बार्दली पुर्याए।  अहिले फेरि ओलीबाहेक सबै दल र नेताहरूको अत्यधिक समर्थनमा शेरबहादुर प्रधानमन्त्री बनेका छन्।

यी सबै इतिहासलाई हेर्दा नेपालको इतिहासमा सौह्रार्द्रकासाथ सहजै सत्ता हस्तान्तरण गर्ने एक मात्र नेता प्रचण्ड बन्न पुगेका छन् । पहिलो पटक प्रधानमन्त्री बन्दा पनि प्रचण्डले कुनै आनाकानी नगरी सर्लक्क राजीनामा गरेर विपक्षी दल बनेका थिए।

त्यसैले प्रचण्डलाई अहिले राजनेता स्टेट्सम्यान समेत भन्न थालिएको छ । अहिले पनि उनी जत्तिको संतुलित, सहमति, पद्दतिको पालना गर्ने गंभीर नेताको गुण अरुमा देखिएको पाइँदैन । आफ्ना सबै एजेन्डाहरुलाइ संवैधानिक हैसियत दिन सफल प्रचण्ड आफू किङ हैनन्, किङमेकर हुन्। उनी जत्तिको ईमान्दार भएर राजनैतिक सहमति पालन गर्न सक्ने नेपालमा अरू नेता देखिँदैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल श्रीलंकासँग ४० रनले पराजित, श्रीलंका सेमिफाइनलमा नेपाल संवत् नेपाली माटोको संवत्: प्रधानमन्त्री ओली यमपञ्चक चौथो दिन: आज गाई पूजा गरिँदै विश्वकप लिग टू: आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा अष्ट्रेलियामाथि नेपालको शानदार जित, नेपाल समूह बिजेता चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ : गृहमन्त्री लेखक आइपीएल: विराट कोहली २१ करोडमा रिटेन हुँदा अरु खेलाडीहरु कतिमा भए रिटेन? राष्ट्रिय टिमकी अमिषालाई १ लाख नगदसहित सम्मान पाकिस्तानका मोहसिनले जनकपुरबाट एनपीएल खेल्ने काठमाडौं महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद नेपाल एक खेलअघि नै हङकङ सिक्सेसको क्वाटरफाइनलमा हात्ती आक्रमणबाट रौतहटमा एक वृद्धाको मृत्यु आरजुसँग भेट्न खोजेको म्यासेज अनुमतिबिना सार्वजनिक भएपछि कानूनी प्रक्रियामा जाने डीपी अर्यालको चेतावनी फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित लक्ष्मीपूजामा बालिएको दियोबाट आगलागी हुँदा गौशालाको पसलमा लाखौँको क्षति भाइटीकाको शुभ साइत बिहान ११:३७ बजे, पश्चिमतर्फ फर्किएर टीका लगाउनु उत्तम यी हुन् तिहारमा प्रयोग गरिने अत्यावश्यक सामग्री, किन महत्वपूर्ण छन् ? कोमोविरुद्ध लाजियोको ५–१ गोल अन्तरको सानदार जित घट्यो डिजेल र मट्टितेलको मूल्य इंग्ल्यान्डमाथि नेपालको सनसनीपूर्ण जित